मासुजन्य जनावर नपाले जरिवाना हुने मिर्छुलुङ सामुदायिक होमस्टे
लक्की चौधरी
भिमाद (तनहुँ), माघ १२ गते । मिर्छुलुङ सामुदायिक होमस्टे । जहाँ हरेक घरमा बंगुर, खसी र कुखुरा नपाले जरिवाना तिर्नुपर्छ । स्थानीय उत्पादनमै आत्मनिर्भर मिर्छुलुङबासीका लागि त्यही जरिवानाले मनग्य आम्दानी गराएको छ ।
तनहुँको भिमाद नगरपालिका ५ स्थित मगरगाउँमा स्थापना गरिएको होमस्टे अहिले स्थानीयको घरगुजाराको राम्रो सहारा बनेको छ ।...














