काठमाडौंमा बस्ने थारुले मंगलबार नै होली मनाए
काठमाडौं, चैत ९ गते । पहाडी जिल्लामा मंगलबार देशभर होलीपर्व भव्यताकासाथ मनाउने भएपनि तराईमा बुधबार मात्रै होलीपर्व मनाइने भएको छ । तर उपत्यकामा बासोबास गर्ने थारु समुदायले मंगलबार नै धुमधामकासाथ होली मनाएका छन् ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा मंगलबार ललितपुरको टीकाथलीमा आपसमा अविर, रंग दलेर रमाइलोगरी सामुहिकरुपमा होलीपर्व मनाइएको छ...














