नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल

नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल
काठमाडौं, चैत ३ गते । सुनसरी स्थायी घर रहेका हाल अष्ट्रेलियामा बस्दै आएका सञ्जीव थारु चौधरीले अन्तर्राष्ट्रिय नेचुरल बडि विल्डिङ एसोसियशन (आइ.एन.बी.ए.) प्रतिस्पर्धामा दुई वटा गोल्ड मेडल हात पार्न सफल हुनुभएको छ । अष्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न बडि विल्डिङ कम्पिटिसनमा नेपाली थारु युवाले त्यो सफलता हात पार्न सफल हुनुभएको हो ।...

मुक्त घोषणा गरी पुनस्र्थापनाको मागगरे पूर्वी तराईका हरुवा चरुवाले

मुक्त घोषणा गरी पुनस्र्थापनाको मागगरे पूर्वी तराईका हरुवा चरुवाले
लक्की चौधरी काठमाडौं, चैत २ गते । पूर्वी तराईको जिल्लामा दासजस्तै हरुवाचरुवा पेशा गरेर जीवन निर्वाह गरिरहेका समुदायले कमैया र हलियाजस्तै आफूलाई पनि मुक्त घोषणा गरी पुनस्र्थापना गर्न सरकारसँग माग गरेका छन् । लामो समयदेखि सो माग गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै सो क्षेत्रको एक प्रतिनिधि टोली सरकारलाई दवाव दिन भनी...

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकजना मात्र थारु निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकजना मात्र थारु निर्वाचित
काठमाडौँ, चैत २ गते। नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवार बनेका पार्टीका धेरै हस्तीहरू पराजित भएका छन् । खुलाबाट एकमात्र थारु उम्मेदवार पदमनारायण चौधरी पनि पराजित हुनुभयो । पार्टीको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको २५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी परेको  थियो । खुला सदस्यको सार्वजनिक मतगणनाअनुसार...

थरुहट पार्टीका दुई केन्द्रीय सदस्य पार्टीबाट निस्काशित

थरुहट पार्टीका दुई केन्द्रीय सदस्य पार्टीबाट निस्काशित
काठमाडौं, चैत १ गते । पार्टीको विधान विपरित काम गरेको भन्दै थरुहट तराई पार्टी नेपालले पूर्णप्रसाद चौधरी (सप्तरी) र कल्पना चौधरी (सुनसरी) लाई पार्टीबाट निस्काशन गरेको छ । अन्य पार्टीको सदस्यता ग्रहण गरेकाले निस्काशन गरिएको अध्यक्ष भानुराम थारुले बताउनुभयो । हटाइएका निज चौधरीहरु दुवैजना यसअघि सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।...

कांग्रेस केन्द्रीय सदस्यमा दुई थारु मात्र निर्वाचित हुने सम्भावना

कांग्रेस केन्द्रीय सदस्यमा दुई थारु मात्र निर्वाचित हुने सम्भावना
काठमाडौं, फागुन ३० गते । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा नौजना थारु उम्मेदवार भएपनि मुस्किलले दुईजना जित्ने सम्भावना देखिएको छ । मधेसी महिला कोटाबाट दाङ्की सांसद पार्वती डिसी चौधरी निर्वाचित भइसक्नुभएको छ । खुलातर्फबाट पदमनारायण चौधरी जित्ने झिनो आशा कायम छ । सप्तरी क्षेत्र नं ५ बाट संविधानसभामा निर्वाचित सांसद तेजुलाल चौधरी...

रीता चौधरीमाथि एसिड प्रहार गर्नेको पक्राउ अझै हुन सकेन

रीता चौधरीमाथि एसिड प्रहार गर्नेको पक्राउ अझै हुन सकेन
दाङ, फागुन २९ गते । गत विहिबार पसल सञ्चालक रीता चौधरीमाथि एक समूहले एसिड प्रहार गरेको भएपनि सुरक्षाकर्मीले अहिलेसम्म आक्रमणकारीलाई समात्न सकेको छैन । पीडितले किटानी जाहेरी दिएको आधारमा प्रहरीले पक्राउको प्रयास गरिरहेको बताएको छ । दाङको घोराहीमा एसिड आक्रमणमा विहिबार पर्नुभएकी ३५ वर्षीया रीता चौधरीको अवस्था खतरामुक्त रहेको छ । उहाँको...

तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली

तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली
काठमाडौँ, फागुन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा देखिएको समस्या मुलुकको समस्या भएकाले सबैको प्रयासमा समाधान हुने बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको शुक्रबार बालुवाटारमा मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाले...

नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा

नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा
काठमाडौं, फागुन २७ गते । नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा) विहिबार एक कार्यक्रमबीच यहाँ घोषणा भएको छ । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो । घोषित नयाँ पार्टीमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी रहेको छ । लेखीको...

थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो

थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो
काठमाडौं, फागुन २७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभाले आन्तरिक कार्य सञ्चालनलाई चुस्त र प्रभावकारी बनाउन चारवटा थप विभाग गठन गरी संयोजक तोकेको छ । सभाको सचिवालय बैठकले केन्द्रीय प्रशिक्षण विभाग, सहकारी विभाग, निर्वाचन विभाग र संगठन विभाग गठन गरेको हो । सो विभागको संयोजकमा क्रमशः राजकुमार लेखी, योशादा...

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो
बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन...