सञ्चय कोषको कर्जा असुलीको नयाँ रणनीति, अरवौं रकम उठ्न बाँकी

सञ्चय कोषको कर्जा असुलीको नयाँ रणनीति, अरवौं रकम उठ्न बाँकी
लक्की चौधरी काठमाडौं, साउन १३ गते । कर्मचारी सञ्चय कोष कार्यालयले विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको व्याज बापतको अरवौं रुपैयाँ रकम उठ्न बाँकी रहेको बताएको छ । हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा व्याज नतिरेपछि सो कार्यालयले कार्यालय भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी शुरु गर्न थालेको हो । सञ्चय...

थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन काठमाडौंमा हुने

थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन काठमाडौंमा हुने
काठमाडौं, साउन १३ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारीणी सभा (थाकस) ले आफ्नो आगामी २२ औं महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको छ । केन्द्रीय सञ्चालन समितिको बैठकले अध्यक्ष धनिराम चौधरीको आग्रहअनुसार काठमाडौंमा नै महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । थाकसको महाधिवेशन आगामी असोज ६ ,७...

होमस्टे सञ्चालनमा थारु आकर्षित, आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

होमस्टे सञ्चालनमा थारु आकर्षित, आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
भगतराम थारु नेपालगञ्ज, साउन ११ गते । बाँके राष्ट्रिय निकुन्ज नजिकैको गाउँमा पर्ने गाभर भ्याली होमष्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो बढ्न थालेपछि स्थानीय गाउँबासीहरु लाभान्वित भएका छन् । थप होमस्टे सञ्चालनको तयारी गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक...

हाम्रै पालामा सुशासन र विकास गरेर देखाउँछौंः प्रधानमन्त्री ओली

हाम्रै पालामा सुशासन र विकास गरेर देखाउँछौंः प्रधानमन्त्री ओली
काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउनुभयो...

समावेशी सञ्चार विकास प्रतिष्ठान गठनको माग गर्दै फोनिज भेला सम्पन्न

समावेशी सञ्चार विकास प्रतिष्ठान गठनको माग गर्दै फोनिज भेला सम्पन्न
हेटौँडा, साउन ५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को दुईदिने भेला सातबुँदे हेटौँडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  भेलाले आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास...

थारु समुदायको कला संस्कृतिका लागि थारु कलाकार एकजुट हुने

थारु समुदायको कला संस्कृतिका लागि थारु कलाकार एकजुट हुने
भगतराम थारु नेपालगन्ज, साउन ५ गते । पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको भन्दै थारु कलाकारहरु एकजुट हुने बताएका छन् । थारु गीत संगित चर्चामा आइरहँदा थारु कलाकारहरु पनि जोश जागरकासाथ लागिपर्ने दावी गरेका...

संविधानको कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय होः सभामुख महरा

संविधानको कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय होः सभामुख महरा
काठमाडौं, साउन ४ गते । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘संविधान कार्यान्वयन, संघ र प्रदेश बीचको अन्तरसम्बन्ध र दीगो विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख महराले त्यस्तो बताउनुभयो । ‘संविधान कार्यान्वयनका लागि संघीय संसदले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व छ, उहाँले...

प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको भेट, संविधान संशोधनबारे जिज्ञासा

प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको भेट, संविधान संशोधनबारे जिज्ञासा
काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले भेट गर्नुभएको छ । भेटकाक्रममा नेताहरुले संविधान संशोधनको विषय, तराई मधेस र थरुहटको माग सम्बोधनका विषयमा जिज्ञासा राखेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले तराईको समग्र विकासको वृहत योजना बनाउन प्रस्ताव गर्नुभएको थियो । राजपाका नेताहरुसँग...

पुनःस्थापनाविनै मनाए मुक्त कमैयाहरुले आफ्नो अठारौं मुक्ती दिवस

पुनःस्थापनाविनै मनाए मुक्त कमैयाहरुले आफ्नो अठारौं मुक्ती दिवस
लक्की चौधरी काठमाडौं, साउन २ गते । मुक्तीको अठारौं वर्ष प्रवेशमा मुक्त कमैयाहरुले एकातिर खुशीयाली मनाएका छन् भने अर्कोतिर पीडाबोध गरेका छन् । तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो । सोही स्मरणमा तराईका पाँच जिल्लाका मुक्तकमैयाले दिवसको अवसरमा बुधबार खुशीयाली साटासाट गरेका हुन्...

गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीले बुधबार पुनर्वहाली गर्ने

गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीले बुधबार पुनर्वहाली गर्ने
काठमाडौं, साउन १ गते । गत असार २२ गते मन्त्री परिषदको निर्णयबाट पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी सर्वोच्च अदालतको अल्पकालिन आदेशबमोजिम साउन २ गते बुधबार कार्यालयमा पुनर्वहाली गर्ने हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिहर दाहाल, ईश्वरप्रसाद सुवेदी, युवराज भण्डारी र राजु कटुवालको वहसपछि सर्वोच्चले असार ३१ गते नै...