मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते देशभर मनाइँदै
काठमाडौं, जननेता मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते भव्यताकासाथ मनाउने तयारी गरिएको छ । हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने पुरस्कार पनि सो अवसरमा वितरण गरिने मदन भण्डारी फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरिने सो संस्थाका सचिव भेषराज...














