नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार

नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार
काठमाडौं, जेठ ८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म जिल्ला शाखा विस्तार गरेको छ । तराईका एक दुई जिल्ला बाहेक मकवानपुरमा समेत सो पार्टीले शाखा विस्तार गरेको छ । सो पार्टीका केन्द्रीय संयोजक लेखीका अनुसार शुक्रबार दीपा चौधरीको संयोजकत्वमा ३३ सदस्यीय कैलाली जिल्ला कमिटी गठन गरेको छ...

आन्दोलनरत दललाई वार्ता र संवादमा आउन सरकारको पुनः आव्हान

आन्दोलनरत दललाई वार्ता र संवादमा आउन सरकारको पुनः आव्हान
काठमाडौँ, जेठ ७ गते। सरकारले आन्दोलनरत मधेशी मोर्चासहितको गठबन्धन दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताकासाथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । आन्दोलनरत पक्षका...

प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा

प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा
काठमाडौँ, जेठ ५ गते । नेकपा (एमाले) सम्बद्ध पत्रकारको संस्था प्रेस चौतारी नेपाल अहिले आठौं महाधिवेशनको संघारमा आइपुगेको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा अधिवेशन हुँदैछ । नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी, यसका सदस्य र पत्रकारिता क्षेत्रमा महाधिवेशन पत्रकारबीच चासोको विषय भएको छ । ‘समृद्ध...

समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न फोनिजको माग

समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न फोनिजको माग
काठमाडौं, जेठ ४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आन्दोलनरत पक्षको माग पूरा गर्न सरकारसँग माग गरेको छ । फोनिजको मंगलबार यहाँ आयोजित प्रथम राष्ट्रिय भेलाले १० बुँदे घोषणापत्र जारी गर्दै त्यस्तो माग गरेको हो । त्यस्तै भेलाले सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न, समावेशी सञ्चार...

पूर्ण संघीयतामा जानु देशको हितमा छैनः एमाले उपाध्यक्ष गौतम

पूर्ण संघीयतामा जानु देशको हितमा छैनः एमाले उपाध्यक्ष गौतम
काठमाडौं, जेठ ३ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले पूर्ण संघीयतामा जान नसकिने बताउनुभएको छ । उहाँले संरचना संघीयताको र विकेन्द्रीकरणलाई पूर्णतः कार्यान्वयन गरेर नै नेपालको हितमा रहेको बताउनु  भयो । मदन–आश्रितको २३ औं स्मृति दिवसको अवसरमा सोमबारदेखि शुरुभएको अखिल नेपाल किसान महासंघको...

गोत्रबीचको वैवाहिक सम्बन्ध अन्त्यका लागि दहित भेला

गोत्रबीचको वैवाहिक सम्बन्ध अन्त्यका लागि दहित भेला
अविनाश चौधरी धनगढी, जेठ १ गते । थारु समुदायमा गोत्र पहिचान हुन नसक्दा एकआध घटना गोत्रबीच वैवाहिक सम्बन्ध भएको घटनालाई मध्येनजर गर्दै जनचेतनाका लागि आजभोलि गोत्र भेलाहरु सघनरुपमा हुनेगरेका छन् । थारु समुदायभित्रको एउटा दहित समुदायले जनचेतना फैलाउनेगरी शनिबार धनगढी उपमहानगरपालिका कैलालीमा दहित थारु समुदायको भेला आयोजना गरेको छ । गोत्रबीच हाडनाताका...

भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित

भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित
काठमाडौँ, वैशाख ३१ गते। व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हारक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध...

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे
चित्तवन, वैशाख ३० गते । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) शुरुभएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो । खैरहनी नगरपालिका–१३ हर्नरीमा...

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता
काठमाडौं, वैशाख ३० गते । मधेस केन्द्रीत दलको सङ्घीय गठबन्धन र थरुहट संघर्ष समितिले सिंहदरबार घेराउको तयारी गरेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । मधेसी दलहरुको सिहंदरबार केन्द्रित आन्दोलनलाई मध्यनजर राख्दै प्रहरीले दोब्बर सुरक्षाकर्मी परिचालन गरेको हो । संघीय गठबन्धनले जेठ १ देखि सिंहदरवार केन्द्रीत कार्यक्रम गर्ने यसअघि घोषणा गरिसकेको...

नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव

नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव
महोत्तरी, बैशाख २८ गते । सिचाईमन्त्री उमेशकुमार यादवले सरकारको नीति तथा कार्यक्रम मधेसको पक्षमा नरहेको बताउनुभएको छ । उहाँले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाईमन्त्री भएपनि तराई मधेशको बारेमा कसैले नसोचेको दावी गर्नुभयो । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै उहाँले अझै यो...