धनगढीका थुनुवाले भने ‘जेलमा भएपनि हिम्मत हारेका छैनौं’
धनगढी, जेठ ९ गते । गत भाद्र ७ गते कैलालीको टीकापुर घटनापछि धनगढी जेलमा कैद रहेका थारु प्रतिनिधिहरुले जेलमा भएपनि हिम्मत नघटेको बताएका छन् । थरुहट मागका लागि सबै थारुको एकता गर्न उनीहरुको सामुहिक आग्रह छ ।
थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय महामन्त्री तथा हालका सचिवालय सदस्य राजकुमार लेखीसँग शनिबार धनगढी कारागारमा...














