महिलाको नेतृत्वमा ‘सञ्चार विश्वविद्यालय नेपाल’ स्थापनाको पहल
काठमाडौं, असार १९ गते । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सिजेएमसी) ले सञ्चार विश्वविद्यालय नेपाल स्थापनाका निम्ति पहल गरेको छ । सरकारले सञ्चालनको अनुमति दिएमा पत्रकारिता क्षेत्रमा पहिलो निजी विश्वविद्यालयको रुपमा यो स्थापित हुनेछ ।
कलेजकी सञ्चालक प्रन्सिपल डा. मञ्जु मिश्रले पत्रकारिता शिक्षामा आमुल तथा सामसामयिक परिवर्तनका निमित्त पत्रकारिताको एउटा...













