चित्तवनको विक्रमबाबा मेलामा आजकल पर्यटकको घुइँचो
चितवन, वैशाख ८ गते । चितवनको सौराहाका विक्रम चौधरी यहाँका चर्चित विक्रमबाबासँग भाकल गरेपछि जन्मिनुभयो । त्यसैले उहाँको नाम विक्रमबाबा चौधरी रहन गयो ।
विक्रमबाबाकै मन्दिरमा लामो समयसम्म जिउन पाओस् भनेर भाकल गरेपछि जन्मिएकाले उहाँको बुबाको नाम जिएन चौधरी रहनपुग्यो । थारु भाषामा ‘जिएन’ भनेको ‘जिउनु’ हो । “भाकल गरेपछि त्यहीँको नाम...














