एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा
तुलसीपुर, चैत २३ गते । एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस मंगलबार विहान दुर्घटनामा परेको छ। दुर्घटनामा सामान्य घाइते भएका पाँचजना विद्यार्थी प्राथमिक उपचारपछि परीक्षामा सामेल भएका छन् ।
विद्यार्थी चढेको बा २ ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु १ त ७९९३ नम्बरको ट्याक्टरमा विहान ठोकिँदा...














