टीकापुर घटना आरोपमा पक्राउ परेकालाई सहयोग गर्न आग्रह
काठमाडौं, साउन ११ गते । नेपाल आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) ले टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुलाई सहयोग गर्न थारु समुदायलाई आग्रह गरेको छ ।
पक्राउ परेकाहरुको घरपरिवार, जहानबच्चा तथा श्रीसम्पत्तिको विचल्ली भएको भन्दै लाहुर्निपले थारु समुदायसँग त्यस्तो आग्रह गरेको हो । मंगलबार आफ्नै कार्यालयमा थारु समुदायका अगुवाहरुसँग छलफल गर्दै...














