महिलाको नेतृत्वमा ‘सञ्चार विश्वविद्यालय नेपाल’ स्थापनाको पहल

महिलाको नेतृत्वमा ‘सञ्चार विश्वविद्यालय नेपाल’ स्थापनाको पहल
काठमाडौं, असार १९ गते । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सिजेएमसी) ले सञ्चार विश्वविद्यालय नेपाल स्थापनाका निम्ति पहल गरेको छ । सरकारले सञ्चालनको अनुमति दिएमा पत्रकारिता क्षेत्रमा पहिलो निजी विश्वविद्यालयको रुपमा यो स्थापित हुनेछ । कलेजकी सञ्चालक प्रन्सिपल डा. मञ्जु मिश्रले पत्रकारिता शिक्षामा आमुल तथा सामसामयिक परिवर्तनका निमित्त पत्रकारिताको एउटा...

सरोकार मञ्चले सुदूरपश्चिमको विकासमा सामुहिक प्रयास गर्ने

सरोकार मञ्चले सुदूरपश्चिमको विकासमा सामुहिक प्रयास गर्ने
काठमाडौं, असार १८ गते । सुदूरपश्चिमको सर्वाङ्गिण विकास गर्ने लक्ष्य लिएर दशवर्ष अघि स्थापित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले त्यहाँको विकासका लागि सामुहिक प्रयास गर्ने भएको छ । मञ्चले शनिबार यहाँ गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको स्वागत तथा निवर्तमान पदाधिकारी तथा सदस्यहरुको विदाई कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभएको हो । सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक,...

थारु संघर्ष समितिले लालटीन बालेर सडकमै थारु अधिकार खोज्ने !

थारु संघर्ष समितिले लालटीन बालेर सडकमै थारु अधिकार खोज्ने !
काठमाडौं, असार १५ गते । थारु समुदायले उठाउँदै आएको माग मुद्दाको सम्बोधनमा सरकार गम्भीर नबनेपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले दिउँसै लालटिन बालेर सडकमै अधिकार खोज्ने भएको छ । यसअघि गत आइतबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि लालटीन जुलुश प्रदर्शन गरेको संघर्ष समितिले आउने शुक्रबार पुनः सोही ठाउँमा लालटिन बालेर अधिकारको...

नयाँ शक्ति नेपाल ३० विभागमध्येको दुई विभागमा थारुको नेतृत्व

नयाँ शक्ति नेपाल ३० विभागमध्येको दुई विभागमा थारुको नेतृत्व
काठमाडौं, असार १४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टीको ३० वटा विभाग मंगलबार सार्वजनिक गरेको छ । जसमध्ये दुईवटा विभागमा मात्रै थारुको नेतृत्व देखिएको छ । पार्टीद्वारा जारी गरिएको विज्ञप्तीअनुसार सदाचार आयोगका संयोजकमा नाथुप्रसाद चौधरी र प्रदेश नम्बर ५ को संयोजकमा सुरेन्द्रप्रसाद थारुले जिम्मेवारी पाउनुभएको छ ।...

मनकारी श्रेष्ठले नगद ५० हजारसहित भेट्टाएको सामान फिर्ता गरिन्

मनकारी श्रेष्ठले नगद ५० हजारसहित भेट्टाएको सामान फिर्ता गरिन्
तुलसीपुर, असार १३ गते । तुलसीपुरमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आउनुभएकी एकजना महिलाले आफूले भेट्टाएको नगद ५० हजार रुँपैया फिर्ता गरेर मानवीयता प्रकट गर्नुभएको छ । तुलसीपुर ९ बेलुवा निबासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर ६ रजौरा निवासी सीता आचार्यको नगद ५० हजार सहित झोलामा रहेको गरगहना सोमवार विहान फिर्ता गर्नुभएको हो...

जन्मजयन्तीमा मदनको सम्झैनै सम्झना

जन्मजयन्तीमा मदनको सम्झैनै सम्झना
काठमाडौँ, असार १३ गते । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा ‘शार्र्दूल’ शीर्षक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा ल्याएको छ । वैचारिक सिर्जनाको संवाहकका रुपमा लिइएको सो पत्रिकाका प्रमुख संरक्षकमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसम्पादकमा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा तथा कार्यकारी सम्पादकमा...

मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते देशभर मनाइँदै

मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते देशभर मनाइँदै
काठमाडौं, जननेता मदन भण्डारीको ६५ औं जन्मजयन्ती असार १४ गते भव्यताकासाथ मनाउने तयारी गरिएको छ । हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने पुरस्कार पनि सो अवसरमा वितरण गरिने मदन भण्डारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरिने सो संस्थाका सचिव भेषराज...

चिनियाँ लेखक टोली नेपाल भ्रमणमा

चिनियाँ लेखक टोली नेपाल भ्रमणमा
काठमाडौं, असार १२ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेको छ । चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित...

जिम्मेवारीअनुसारको भूमिका राष्ट्रसंघमा निर्वाह गर्नेछुः फूलमान चौधरी

जिम्मेवारीअनुसारको भूमिका राष्ट्रसंघमा निर्वाह गर्नेछुः फूलमान चौधरी
काठमाडौ, असार ११ गते । राष्ट्रसंघको आदिबासी जनजाति सवालका लागि स्थायी फोरममा तीन वर्षका लागि नियुक्त हुनुभएका फूलमान चौधरीले अवसरलाई जिम्मेवारीकोरुपमा लिएर सकेसम्म आदिबासी जनजातिको सवालमा राम्रो प्रस्तुतिको प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंमा शनिबार थारु आदिबासी अगुवाहरुसँग छलफल गर्दै चौधरीले थारु समुदायबाट पहिलो पटक जिम्मेवारीमा पुगेकाले गौरवसँगै चुनौति महशुस...

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने
काठमाडौं, असार ८ गते । थारु विद्यार्थीहरुको छाता संगठन थारु विद्यार्थी समाजले आफ्नो केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले...