थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने
काठमाडौं, साउन १३ गते । यसअघि सरकारसँग भएको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा थारु समुदायले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।
समितिको केन्द्रीय आन्दोलन कमिटीले लालटिन, प्लेकार्ड र व्यानरसहित दिउँसो १२ देखि १ बजेसम्म बालुवाटार घेराउ गर्ने बताएको छ । यसअघि...














