मनकारी श्रेष्ठले नगद ५० हजारसहित भेट्टाएको सामान फिर्ता गरिन्

मनकारी श्रेष्ठले नगद ५० हजारसहित भेट्टाएको सामान फिर्ता गरिन्
तुलसीपुर, असार १३ गते । तुलसीपुरमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आउनुभएकी एकजना महिलाले आफूले भेट्टाएको नगद ५० हजार रुँपैया फिर्ता गरेर मानवीयता प्रकट गर्नुभएको छ । तुलसीपुर ९ बेलुवा निबासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर ६ रजौरा निवासी सीता आचार्यको नगद ५० हजार सहित झोलामा रहेको गरगहना सोमवार विहान फिर्ता गर्नुभएको हो...

कांग्रेसको अवरोधले प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक पुनः अवरुद्ध

कांग्रेसको अवरोधले प्रधानमन्त्रीले बोल्न पाएनन्, बैठक पुनः अवरुद्ध
काठमाडौं, असार १३ गते । व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षीदलकोरुपमा रहेको नेपाली कांग्रेसले आफ्नो विरोध कायमै राखेपछि सोमबारको संसद बैठक पनि अवरुद्ध भएको छ । भूकम्प पीडितलाई एकमुष्ट दुईलाख रुपियाँ दिनुपर्ने अडानबाट कांग्रेस पछि हटेन । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेकालागि बोलाइएको संसद बैठकमा कांग्रेस नेता डा. रामशरण महतले धारणा...

थरुहट संयुक्त संघर्ष समितिले गर्यो एकघण्टे लालटिन जुलुश प्रदर्शन

थरुहट संयुक्त संघर्ष समितिले गर्यो एकघण्टे लालटिन जुलुश प्रदर्शन
काठमाडौं, असार १२ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुको माग मुद्दा सम्बोधनको मागगर्दै आइतबार नयाँ बानेश्वरमा एकघण्टे लालटिन जुलुश कार्यक्रम गरेको छ । समिति अन्तर्गतको मूल आन्दोलन परिचालन कमिटीको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । टीकापुर घटनामा पक्राउ परेकाहरुको निसर्त रिहाई, झुठामुद्दा खारेज,...

जिम्मेवारीअनुसारको भूमिका राष्ट्रसंघमा निर्वाह गर्नेछुः फूलमान चौधरी

जिम्मेवारीअनुसारको भूमिका राष्ट्रसंघमा निर्वाह गर्नेछुः फूलमान चौधरी
काठमाडौ, असार ११ गते । राष्ट्रसंघको आदिबासी जनजाति सवालका लागि स्थायी फोरममा तीन वर्षका लागि नियुक्त हुनुभएका फूलमान चौधरीले अवसरलाई जिम्मेवारीकोरुपमा लिएर सकेसम्म आदिबासी जनजातिको सवालमा राम्रो प्रस्तुतिको प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंमा शनिबार थारु आदिबासी अगुवाहरुसँग छलफल गर्दै चौधरीले थारु समुदायबाट पहिलो पटक जिम्मेवारीमा पुगेकाले गौरवसँगै चुनौति महशुस...

थारु नेतालाई एकठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी ! (टिप्पणी)

थारु नेतालाई एकठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी ! (टिप्पणी)
काठमाडौं, असार १० गते । थारु कल्याणकारिणीसभा र थरुहट तराई पार्टी नेपालमा आवद्ध थारु नेताहरुबीचको तिक्तताले गम्भीर रुप लिन थालेपछि दुवै पक्षका थारु नेताहरुलाई एक ठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी हुन थालेको छ । भदौ ७ को टीकापुर घटनापछि थारु नेताहरुबीचको दूरी बढ्न थालेपछि सबै नेतालाई एक ठाउँमा र थारुको माग मुद्दामा...

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन
काठमाडौं, असार १० गते । बेलायतमा विहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले नैतिकताले राजीनामाको घोषणा गरेका छन् । बेलायत ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५...

एमालेले भन्यो, ‘काबुलमा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति देउ’

एमालेले भन्यो, ‘काबुलमा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति देउ’
लक्की चौधरी काठमाडौं, असार ९ गते । नेकपा (एमाले) ले गत सोमबार आफगानिस्तानको काबुलमा भएको घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । कुटनीतिक पहलबाट घटनामा ज्यान गुमाएकाहरुको शव स्वदेश ल्याएर आफन्तको जिम्मा लगाएकोमा बैठकले सरकारको उच्च प्रसंशा समेत गरेको छ । एमाले स्थायी कमिटीको विहिबार बसेको बैठकले सरकारको प्रसंशा गर्दै पीडित...

सञ्चारमन्त्रीका सल्लाहकारले राजीनामा लेख्दै भने ‘बाइपास गरियो’

सञ्चारमन्त्रीका सल्लाहकारले राजीनामा लेख्दै भने ‘बाइपास गरियो’
काठमाडौं, असार ९ गते । सूचना तथा सञ्चार मन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट विहिबार राजीनामा दिएका छन्। तर राजीनामा मन्त्रीले स्वीकृत गरिसक्नुभएको छैन । सरकारले जेठ ३१ गते गते जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएको बताउनुभएको छ । निर्देशिका जारी गर्नुपूर्व आफूसँग समन्वय नगरिएको...

राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी निर्वाचित

राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी निर्वाचित
काठमाडौं, असार ८ गते । कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यकोरुपमा तीन वर्षका लागि निर्वाचित हुनुभएको छ । चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिबासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नुहुनेछ । एसिया क्षेत्रका लागि जिम्मेवारी पाउनुभएका चौधरीले जुलाई ८ मा हुन गइरहेको...

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने
काठमाडौं, असार ८ गते । थारु विद्यार्थीहरुको छाता संगठन थारु विद्यार्थी समाजले आफ्नो केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले...