ब्यानर समाचार
थरुहट समितिले संघर्षको नाममा आन्दोलन तुहाउँछः अध्यक्ष थारु
काठमाडौं, असार १ गते । थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले संघर्षको नाममा थारु आन्दोलन तुहाउने बाटोमा लागेको आरोप लगाउनुभएको छ ।
हमार पहुरा डट कमसँग आज संक्षिप्त कुरागर्दै अध्यक्ष थारुले त्यस्तो बताउनुभयो । संघर्ष समिति र आफ्नो दलका नेताहरुसँग फोनमा समेत समन्वय भइनरहेको बताउँदै...
बेहडाबाबा मेला रामपुरमा शुरु, लाखौं भक्तजनको मन्दिरमा घुइचो
धनगढी, असार १ गते । हरेक वर्ष गंगादशहरामा लाग्ने बेहडाबाबा मेला बुधबारबाट शुरुभएको छ । कैलालीको उर्मा ४, रामपुरमा पर्ने प्रसिद्ध शिवजीको मन्दिरमा बेहडाबाबाको मेला लाग्ने गर्छ । शिव मन्दिरलाई बेहडाबाबाको नाममले चिन्ने गरिन्छ ।
बेहडाबाबा मेला सुदूरपश्चिमको प्रसिद्ध मेलाकोरुपमा चिनिन्छ । शिवजीको दर्शन गरेमा सन्तान सुख, जीवनमा सुख समृद्धि हुने...
थरुहट संघर्ष समितिले असार २३ गतेसम्म सत्याग्रहको कार्यक्रम गर्ने
काठमाडौं, जेठ ३२ गते । थरुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । समितिले असार १ देखि २३ गतेसम्म सत्याग्रह तथा भद्र अवज्ञाको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशभरका थारुको घरमा विरोधस्वरुप लालटिन बाल्ने, हात र...
सरकार छाड्ने विषयमा निर्णय भएको छैनः स्वास्थ्यमन्त्री चौधरी
काठमाडौं, जेठ ३२ गते । स्वास्थ्यमन्त्री तथा फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीले वर्तमान सरकार छाड्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताउनुभएको छ । यसअघि सो पार्टीले सरकार छाड्ने निर्णय गरेको भन्ने समाचार बाहिर आएको थियो ।
सरकार छोड्ने विषयमा पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिकभित्र नेता जितेन्द्र देवको...
बजेटमा भ्रष्टाचार गर्नेलाई कालोमोसो दल्न मन्त्री यादवको आग्रह
सप्तरी जेठ ३१ गते । सिचाई मन्त्री उमेशकुमार यादवले विकास कार्यमा राजनीतिक नगर्न आग्रह गर्नुभएको छ । आफ्नो गृह जिल्लामा सिचाइको अनुगमनमा आउनु भएका मन्त्री यादवले सोमवार एक कार्यक्रममा बोल्नु हुँदै विकासमा राजनीतिक हस्तक्षेप भएको कारणले नै कार्यक्रम अगाडि नबढेको उल्लेख गर्नुभयो ।
रकमको अभावले विकास नभएको होइन, जहाँ पनि जुन...
संसद नियमावलीमा सहमति जुट्न सकेन, बहुमतीय प्रक्रियामा जाने
नयाँ शक्तिको सभामा प्रधानमन्त्रीले भने, ‘नेपाल गरिब भैरहन सक्दैन’
काठमाडौं, जेठ ३० गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीको घोषणासभामा गएर भन्नुभयो, “अब नेपाल गरिब भैरहन सक्दैन, हुन दिनु हुन्न ।”
यति मेहनती जनता भएको देश गरिब रहन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति दललाई सफलताको शुभकामना दिनुभयो । नयाँ शक्ति नेपाल...
उपयुक्त जिम्मेवारी पाए, एमालेमा प्रवेश गर्न सक्छुँः अध्यक्ष चौधरी
काठमाडौं, जेठ ३० गते । थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीले उपयुक्त वातावरण मिलेमा आफू नेकपा (एमाले) मा प्रवेश गर्नसक्ने खुलासा गर्नुभएको छ ।
हमार पहुरासँगको गोप्य र संक्षिप्त कुराकानीमा अध्यक्ष चौधरीले त्यस्तो खुलासा गर्नुहुँदै भन्नुभयो, “म यसअघिसम्म कांग्रेस पृष्ठभूमिको व्यक्ति हुँ, तर...
दोस्रो राष्ट्रिय थारु चलचित्र महोत्सव काठमाडौंको नाचघरमा शुरु
लक्की चौधरी
काठमाडौं, जेठ २९ गते । थारु राष्ट्रिय चलचित्र दोस्रो महोत्सव शनिबारबाट काठमाडौंमा शुरुभएको छ । महोत्सवको शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै राज्यमन्त्री चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महोत्सवमे उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्नुभयो । थारु समुदाय संस्कृतिको धनी जाति भएकाले थारुको...














