अनलाइन निर्देशिका २०७३ खारेज गर्न सरोकारवालाहरुको माग
काठमाडौं, असार ८ गते । सरकारले जेठ ३१ गते जारी गरेको अनलाइन सञ्चार निर्देशिका २०७३ मिडियालाई नियन्त्रण गर्नेगरी निरंकुश शैलीमा ल्याइएको भन्दै त्यसलाई तत्काल खारेजको माग सरोकारवालाहरुले गरेका छन् ।
नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवाला पक्षले निर्देशिका खारेजीको माग गरेका हुन् । निर्देशिका ल्याउनुभन्दा अघि पर्याप्त छलफल...













