टीकापुर घटनामा संलग्न भएको आशंकामा विश्राम चौधरी पक्राउ

कैलाली, चैत २४ गते । गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न आरोपमा नारायणपुर गाविसको बेलुवा गाउँका विश्राम चौधरी पक्राउ परेका छन् । चौधरीलाई स्थानीय प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । सादा पोशाकमा गएका प्रहरीले टीकापुर उद्योग वाणिज्य संघ कार्यालय नजिकै रहेको चौधरीको पसलबाट पक्राउ गरेको बताइएको छ । चौधरीलाई...

पार्टी त्यागेका सुरेन्द्र चौधरीले दलको निर्वाचनमा गरे मतदान

पार्टी त्यागेका सुरेन्द्र चौधरीले दलको निर्वाचनमा गरे मतदान
काठमाडौं, चैत २४ गते । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अगाडि पार्टी परित्याग गर्नुभएका सांसद सुरेन्द्र चौधरीले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको चुनावमा बुधबार मतदान गर्नुभएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताका लागि भएको मतदानमा चौधरीले मतदान गर्नुभयो । यसअघि कांग्रेसमा अलोकतान्त्रिक प्रवृति हावी भएको...

कांंग्रेसको संसदीय दलको विधान बन्यो समावेशी चरित्रको

कांंग्रेसको संसदीय दलको विधान बन्यो समावेशी चरित्रको
काठमाडौं, चैत, २३ गते । नेपाली कांग्रेसको सोमबार पारित संसदीय दलको विधान समावेशी चरित्रको बनाएको छ । कुल ३७ सदस्यीय कार्य समितिमा १५ जना समावेशी सदस्यहरुको प्रतिनिधित्व हुने सुनिश्चित् भएको छ । त्यसमध्ये थारु, मुस्लिम, महिला, दलित, जनजाति, खस आर्य, मधेसी, पिछडिएको क्षेत्रका लागि पनि कोटा छुट्याइएको सांसद तेजुलाल चौधरीले बताउनुभयो...

एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा

एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा
तुलसीपुर, चैत २३ गते । एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस मंगलबार विहान दुर्घटनामा परेको छ। दुर्घटनामा सामान्य घाइते भएका पाँचजना विद्यार्थी प्राथमिक उपचारपछि परीक्षामा सामेल भएका छन् । विद्यार्थी चढेको बा २ ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु १ त ७९९३ नम्बरको ट्याक्टरमा विहान ठोकिँदा...

दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने

दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने
काठमाडौँ, चैत २२ गते । पश्चिम तराईका थारुजातीमा देखिदै आएको सिक्कलसेल एनिमिया रोगको उपचार गर्नेगरी १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख रुपियाँ बराबरको उपचार निशुल्क प्राप्त गर्नेछन् । सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख...

कोरियन भाषा परीक्षाको दरखास्त आवेदन वैशाख १५ मा खुल्ने

कोरियन भाषा परीक्षाको दरखास्त आवेदन वैशाख १५ मा खुल्ने
काठमाडौँ, चैत २२ गते । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी वैशाख १५ र परीक्षा असार ४ र ५ गते हुनेभएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा...

जनावर मार्न आफैले थापेको पासोमा परी रानाको मृत्यु

जनावर मार्न आफैले थापेको पासोमा परी रानाको मृत्यु
कञ्चनपुर, चैत २१ गते । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आफैले थापेको पासोमा परी आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी रानाको मृत्यु भएको हो । स्थानीयवासीले ५० वर्षीया...

थारु लोकभाषा साहित्यमा ‘हँसौनी’ ले योगदान गर्छ

थारु लोकभाषा साहित्यमा ‘हँसौनी’ ले योगदान गर्छ
काठमाडौं, चैत २१ गते । पत्रकार, लेखक तथा साहित्यकार लक्की चौधरीको नयाँ कृति हँसौनी (थारु चुटकिला) को एक कार्यक्रमबीच लोकर्पण गरिएको छ । थारु लोककथामा आधारित कृतिमा एकसय १४ वटा चुटकिला संग्रहित छन् । कृतिको पूर्व सभामुख एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले सार्वजनिक गर्नुभयो । कृतिमा २०६० सालदेखि...

बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु

बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु
काठमाडौं, चैत २० गते । थारु नेताहरुले नयाँ संविधान कुनै हालतमा थारुको पक्षमा नरहेकाले संशोधन गर्दै जानुपर्ने माग राख्नुभयो । नयाँ संविधान भनिएजस्तो उत्कृष्ट नरहेको उहाँहरुको दावी छ । थारु पत्रकार संघ, नेपाल र हमार पहुरा डटकमको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा थारु नेताहरुले त्यस्तो बताउनुभयो । नयाँ संविधानलाई विश्वकै...

लेखक लक्की चौधरीको हँसौनी नयाँ कृति शनिबार विमोचित

लेखक लक्की चौधरीको हँसौनी नयाँ कृति शनिबार विमोचित
काठमाडौं, चैत २० गते । व्यवस्थापिका संसदका पूर्व सभामुख एवं एमाले स्थायी कमिटी सदस्य सवासचन्द्र नेम्वाङ्ले नयाँ संविधान समानता र समावेशीतामा आधारित रहेकाले त्यसको कार्यान्वयनले मात्र सबै वर्गको अधिकार सुनिश्चित् हुने बताउनुभएको छ । लेखक तथा पत्रकार लक्की चौधरीको नयाँ कृति हँसौनी (चुटकिला) को शनिबार यहाँ लोकार्पण गर्नुहुँदै नेम्वाङ्ले त्यस्तो बताउनुभयो...