थारु बहुल जिल्लामा माघी २०७२ को चहलपहल शुरु
काठमाडौं, पुस ३० गते । पश्चिम तराईका जिल्लामा बसोबास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ ।
थारु चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउन तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा...













