रीता चौधरीमाथि एसिड प्रहार गर्नेको पक्राउ अझै हुन सकेन

रीता चौधरीमाथि एसिड प्रहार गर्नेको पक्राउ अझै हुन सकेन
दाङ, फागुन २९ गते । गत विहिबार पसल सञ्चालक रीता चौधरीमाथि एक समूहले एसिड प्रहार गरेको भएपनि सुरक्षाकर्मीले अहिलेसम्म आक्रमणकारीलाई समात्न सकेको छैन । पीडितले किटानी जाहेरी दिएको आधारमा प्रहरीले पक्राउको प्रयास गरिरहेको बताएको छ । दाङको घोराहीमा एसिड आक्रमणमा विहिबार पर्नुभएकी ३५ वर्षीया रीता चौधरीको अवस्था खतरामुक्त रहेको छ । उहाँको...

तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली

तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली
काठमाडौँ, फागुन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा देखिएको समस्या मुलुकको समस्या भएकाले सबैको प्रयासमा समाधान हुने बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको शुक्रबार बालुवाटारमा मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाले...

नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा

नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा
काठमाडौं, फागुन २७ गते । नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा) विहिबार एक कार्यक्रमबीच यहाँ घोषणा भएको छ । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो । घोषित नयाँ पार्टीमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी रहेको छ । लेखीको...

थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो

थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो
काठमाडौं, फागुन २७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभाले आन्तरिक कार्य सञ्चालनलाई चुस्त र प्रभावकारी बनाउन चारवटा थप विभाग गठन गरी संयोजक तोकेको छ । सभाको सचिवालय बैठकले केन्द्रीय प्रशिक्षण विभाग, सहकारी विभाग, निर्वाचन विभाग र संगठन विभाग गठन गरेको हो । सो विभागको संयोजकमा क्रमशः राजकुमार लेखी, योशादा...

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो
बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन...

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा
काठमाडौँ, फागुन २५ गते । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सिमांकन परिमार्जन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभएको छ । सभापति देउवाले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताउनुभयो । आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ । पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई...

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार
अविनाश चौधरी धनगढी, फागुन २४ गते । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले टीकापुर घटनामा दोसी आरोप लगाई जेल सजाय पाइरहेका निर्दोषहरुलाई क्षतिपूर्तिसहित रिहाई गरिने बताउनुभएको छ । टीकापुर घटनामा पक्राउ परेकाहरुलाई भेट्न धनगढीको कारागारमा पुग्नुभएका मन्त्री गच्छदारले त्यस्तो बताउनुभयो । त्यसको प्रक्रिया शुरु भइसकेको उहाँको भनाई छ ।...

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक
काठमाडौं, फागुन २३ गते । आइतबार विहान ८ बजेर ४५ मिनेटमा शुरुभएको कांग्रेसको मतदान सँगै वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्यानलको नाम सार्वजनिक भएको छ । तीनै उम्मेदवारले आफ्नो जित सुुनिश्चित् भएको बताएका छन् । तर सिटौलाको प्यानल सार्वजनिक भएको छैन । मतदान शुरुभएपछि देउवा मतदान गर्नेमा पहिलो उम्मेदवार...

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा
लक्की चौधरी काठमाडौं, फागुन २२ गते । काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशनमा पदाधिकारीदेखि सदस्यसम्म नौजना थारुले उम्मेदवारी दिएका छन् । तर संविधानमा भएको व्यवस्थाअनुसार थारुकोटा भने छुट्याइएको छैन । आदिबासी जनजाति, मधेसी, मुश्लिम, महिला, दलित कोटा छुट्याएर प्रतिस्पर्धा गराइएको भएपनि थारु कोटा छुट्याइएको छैन । नयाँ संविधान २०७२ अनुसार...

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी
काठमाडौं, फागुन २१ गते । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलाली इन्चार्ज रेशम चौधरीले आफू भाद्र ७ गतेको टीकापुर घटनाको योजनाकार नरहेको बताउनुभएको छ । घट्ना घटेको आफूलाई निकैपछि मात्र जानकारी भएको बताउँदै कलाकार समेत रहनुभएका चौधरीले टीकापुर घटनामा मलाई दोसी देखाउनु गलत हो भन्नुभयो ।...