छ दिनकालागि गच्छदार देशको कार्यबाहक प्रधानमन्त्री
काठमाडौं, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने राजकीय भ्रमणका लागि शुक्रबार मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदार कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विज्ञप्ती प्रकाशित गर्नुहुँदै उपप्रधानमन्त्री गच्छदारलाई प्रधानमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी सम्हाल्नेगरी तोक्नुभएको हो...














