प्रदेश नं. २ को निर्वाचन सार्नु मधेशको अस्तित्वमाथिको प्रहार: यादव
महेश चौरसिया
काठमाडौं, असार १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि जनाउनुभएको छ ।
मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्र रचेको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको...












