प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक
काठमाडौँ, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ३९ औं प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्सेहलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । त्यस्तै,...














