मुक्त कमैयाले प्रश्न गरे, ‘के हामी सरकारको अवैध सन्तान हो ?’

मुक्त कमैयाले प्रश्न गरे, ‘के हामी सरकारको अवैध सन्तान हो ?’
काठमाडौं, साउन २ गते । भूमिसुधार मन्त्री रामकुमार सुब्बाले मुलुकमा राजनीतिक स्थायित्व नभएकैकारण निर्धारित समयभित्र मुक्त कमैयाको पुनस्र्थापनाको काम सम्पन्न हुन नसकेको बताउनुभएको छ । १७ औं मुक्ति दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले त्यस्तो बताउँदै मुक्त कमैयाको पुनस्र्थापनामा ढिलाई हुनु सरकारकै लागि लाजमर्दो विषय भएको बताउनुभयो ।...

कानूनीरुपमा सरकार अल्पमतमा परेको छैनः एमाले सचिव ज्ञवाली

कानूनीरुपमा सरकार अल्पमतमा परेको छैनः एमाले सचिव ज्ञवाली
काठमाडौं, साउन १ गते । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले सरकार अझै कानूनीरुपमा अल्पमतमा परिनसकेको बताउनुभएको छ । त्यसको प्रमाणित गर्ने निकाय व्यवस्थापिका संसद हो, अझै त्यसले प्रमाणित गरिनसकेकाले सरकार अल्पमतमा प¥यो भन्न नहुने उहाँले तर्क गर्नुभयो । प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै सचिव ज्ञवालीले...

काठमाडौंको मूलसडकमा गरे थारुहरुले लालटिन लुलुश प्रदर्शन

काठमाडौंको मूलसडकमा गरे थारुहरुले लालटिन लुलुश प्रदर्शन
काठमाडौं, असार ३१ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति उपत्यका समितिले शुक्रबार काठमाडौंको प्रमुख व्यापारिक केन्द्र नयाँ सडकको मूलगेटमा एक घण्टा लालटिन जुलुश प्रदर्शन गरेको छ । पूर्व घोषित कार्यक्रमअनुसार लालटिन जुलुश प्रदर्शन गर्दै थारुको माग मुद्दा सम्बोधनको माग थारु अगुवा तथा प्रदर्शनकारीले गरेका छन् । थारु बहुल क्षेत्रलाई समेटेर थरुहट...

समस्याको विधिपूर्वक सामना गर्छु, राजीनामा दिन्नः प्रधानमन्त्री ओली

समस्याको विधिपूर्वक सामना गर्छु, राजीनामा दिन्नः प्रधानमन्त्री ओली
काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा सहीछाप गरेर राजीनामा नदिने बताउनुभएको छ । मुलुकको सामु आइपरेको सबै समस्याको आफूले सामना गर्ने चुनौति उहाँले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई दिनुभएको छ । एमाले संसदीयदलको विहबार नयाँ बानेश्वरस्थित संसदभवनमा बसेको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो चुनौति दिनुभएको  ...

कांग्रेस–माओवादी गठबन्धनबारे के भन्छन् थारु नेताहरु (विश्लेषण)

कांग्रेस–माओवादी गठबन्धनबारे के भन्छन् थारु नेताहरु (विश्लेषण)
लक्की चौधरी काठमाडौं, असार ३० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन हुनेगरी कांग्रेस र माओवादी केन्द्र नेतृत्वबीच असार २८ गते बनेको नयाँ गठबन्धन अहिले चर्चामा छ । नयाँ गठबन्धनले थरुहट, मधेस, आदिबासी जनजातिको माग मुद्दालाई सम्बोधन गर्छ कि फेरि सत्ताको भ¥याङ् मात्र बनाउँछ, राजनीतिकबजारमा चर्चा...

सरकारविरुद्ध कांग्रेस–माओवादीको संयुक्त अविश्वासको प्रस्ताव दर्ता

सरकारविरुद्ध कांग्रेस–माओवादीको संयुक्त अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेससहित तीन दल मिलेर व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसलाई माओवादी केन्द्र र नेकपा (संयुक्त) ले साथ दिएका छन् । संविधानले ६ महिनामा एकचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाइने भनेको छ । केपी ओली प्रधानमन्त्री बनेको ९ महिना पाँचदिनपछि उनीविरुद्ध अविश्वास...

पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’

पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’
काठमाडौ, असार २६ गते । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रानाथारु परिवारका सदस्यहरु छोरीको हत्याराको पत्ता नलागेपछि खोजी गर्दै राजधानी छिरेका छन । गत जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाथारुको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी...

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान
काठमाडौँ, असार २६ गते । वार्षिक पाँचलाख पर्यटकलाई केबुलकारबाट चन्द्रागिरीको चुचुरोमा लैजाने उद्देश्य साथ सुरुभएको थानकोट–चन्द्रागिरी केबुलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणको प्रमुख कामहरू सकिएर हाल फिनिसिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तीन अर्ब २५ करोड रुपियाँ लगानीमा निर्माण भइरहेको यो केबुलकार अब छिटै सर्वसाधारणका लागि खुला...

पत्रकार आचारसंहितालाई संघीय संरचना अनुरुप बनाउन सुझाव

पत्रकार आचारसंहितालाई संघीय संरचना अनुरुप बनाउन सुझाव
काठमाडौं, असार २५ गते । जारी हुने तयारीमा रहेको पत्रकार आचारसंहिता २०७३ लाई संघीय संरचनाअनुसारको बनाउन सरोकारवा पक्षहरुले प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका छन् । देश संघीय संरचनामा गइसकेपछि आचारसंहितालाई केन्द्रीकृत बनाउँदा सान्दर्भिक नहुने धेरैको सुझाव छ । प्रेस काउन्सिल नेपालले शुक्रबार यहाँ आयोजना गरेको आचारसंहिताको मस्यौदामाथिको छलफलमा सरोकारवालाले त्यस्तो सुझाव...

थरुहट संघर्ष समितिले घोषणा गर्यो सत्याग्रह अबज्ञाको कार्यक्रम

थरुहट संघर्ष समितिले घोषणा गर्यो सत्याग्रह अबज्ञाको कार्यक्रम
काठमाडौं, असार २४ गते । थरुहट संयुक्त संघर्ष समितिले एकमहिने दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा असार २४ देखि साउन २३ गतेसम्मको सत्याग्रहदेखि सरकारी कामकाजको भद्र अवज्ञा गर्नेसम्मका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अवका मितिदेखि सरकारको कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिने, असहयोग...