मुक्त कमैयाले प्रश्न गरे, ‘के हामी सरकारको अवैध सन्तान हो ?’
काठमाडौं, साउन २ गते । भूमिसुधार मन्त्री रामकुमार सुब्बाले मुलुकमा राजनीतिक स्थायित्व नभएकैकारण निर्धारित समयभित्र मुक्त कमैयाको पुनस्र्थापनाको काम सम्पन्न हुन नसकेको बताउनुभएको छ ।
१७ औं मुक्ति दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले त्यस्तो बताउँदै मुक्त कमैयाको पुनस्र्थापनामा ढिलाई हुनु सरकारकै लागि लाजमर्दो विषय भएको बताउनुभयो ।...














