प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहान प्रभातफेरी

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहान प्रभातफेरी
काठमाडौं, वैशाख २४ गते । प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा सरकारको मूल समारोह समितिले शुक्रबार विहान प्रभातफेरिको आयोजना गरेको छ । इतिहासमा पहिलो पटक पत्रकारले स्थापना दिवस प्राप्त गरेकोमा गौरवान्वित महशुस भएको सरोकारवालाहरुले बताउनुभएको छ । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म व्यानरसहित ¥यालीको आयोजना गरिएको थियो । सूचना तथा सञ्चारमन्त्रालयका...

फरक विधामा योगदान दिएबापत दुई थारु भए सम्मानित

फरक विधामा योगदान दिएबापत दुई थारु भए सम्मानित
काठमाडौं, वैशाख २३ गते । छुट्टाछुट्टै विधामा योगदान दिएबापत दुई थारु विशेष कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । पत्रकार गणेश चौधरी उमासिंह पत्रकारिता पुरस्कारबाट गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित हुनुभयो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा गरेको योगदानको कदरस्वरुप चौधरीलाई नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा चित्तवनको टाँडीमा सम्मानित गरिएको थियो । चौधरीलाई...

थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा

थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा
गीता चौधरी काठमाडौं, वैशाख २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय परिचालन समितिले जेठ २ गते आमहडताल सहितको विरोधको कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । विगतमा संघर्ष समितिले सात र १३ बुँदे माग सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नगरेकाले आन्दोलनको कार्यक्रम पुनः सक्रिय बनाउन बाध्य भएको संघर्ष समितिका सदस्यहरुले बताउनुभएको...

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान
काठमाडौं, वैशाख २१ गते । गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा आयोजित राष्ट्र«व्यापी निवन्ध प्रतियोगितामा कैलालीकी लेखिका गीता चौधरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ । गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो...

संसदको दोस्रो अधिवेशन २१ देखि, सुरक्षा व्यवस्था कडा गरिने

संसदको दोस्रो अधिवेशन २१ देखि, सुरक्षा व्यवस्था कडा गरिने
काठमाडौं, वैशाख १८ गते । संसदको दोस्रो अधिवेशन वैशाख २१ देखि शुरु हुँदैछ । संसद भवन नयाँवानेश्वरमा कडा सुरक्षा व्यवस्था अपनाउने तयारी संसद सचिवालयले गरेको छ। विगतमा संविधान निर्माण प्रक्रियामा दलहरुबीच मतभेद हुँदा सुरक्षा स्थितिमा कमजोरी देखिएपछि त्यसको सुधारमा लागेको सचिवालयले यसपटक संसद भवनमा सुरक्षा व्यवस्था कडा गराउन लागेको जानकारी सभामुख...

महासंघले शुरुग¥यो ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति अभियान

महासंघले शुरुग¥यो ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति अभियान
काठमाडौं, वैशाख १७ गते । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति प्रदान गर्ने अभियानको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार यहाँ शुभारम्भ गर्नुभएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री राईले सो अभियानको शुरुवात गर्नुहुँदै महासंघको कदमलाई सराहनीय र प्रसंशनीय भन्नुभयो । उहाँले सरकारको तर्फबाट अभियानमा सक्दो सहयोग गर्ने...

बढी सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर

बढी सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर
फाइल फोटो गीता चौधरी काठमाडौं, वैशाख १६ गते । महिला अधिकारका विषयमा सरोकार राख्ने सरोकारवालाहरुले बढी सन्तान जन्माएर महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेको बताउनुभएको छ । हिंसा प्रभावित महिलाका लागि न्यायमा पहुँच र द्रुत सुनुवाई विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा विहिबार यहाँ बोल्दै सरोकारवालाहरुले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा महिला हिंसा सम्बन्धी अनुसन्धानमुलक...

पार्टीको नाम परिवर्तन गर्ने तयारी गर्दै फोरम (लोकतान्त्रिक)

काठमाडौं, वैशाख १६ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीले आगामी महादिवेशनदेखि आफ्नो दलको नाम परिवर्तन गरी ‘समावेशी राष्ट्रिय चरित्र झल्काउने’ नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । पार्टी नेता जितेन्द्र देवका अनुसार नाम परिवर्तन बारे पार्टीमा कुराकानी भएको र आगामी महाधिवेशनले नाम परिवर्तन सम्वन्धमा निर्णय लिने...

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै
काठमाडौं, वैशाख १५ गते । व्यवस्था संसदको दोस्रो अधिवेशन वैशाख २१ गतेलाई आव्हान भएपनि संसदको नयाँ नियमावली मस्यौदा गर्ने जिम्मेवारी पाएको नियमावली मस्यौदा समितिले बैठक अघि नियमावली मस्यौदा तयार गरिसक्ने संकेत देखाएको छैन । समितिको बुधबार सिंहदरवारमा बसेको बैठकमा पनि यसअघिको जस्तै सदस्यहरुको कोरम पुग्न सकेन । ६१ सदस्यीय मस्यौदा समितिको...

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस
काठमाडौं, वैशाख १३ गते । सूचना तथा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई उद्योगको मान्यताका लागि मन्त्री परिषद बैठकमा पठाउने निर्णय गरेको छ । मिडियाले उद्योगको रुप नपाउँदा उद्योगले पाउने छुट सुविधा पाउनबाट सञ्चारमाध्यम बञ्चित हुँदैआएको भन्दै मन्त्रालयले त्यस्तो निर्णय गरेको बताएको छ । सञ्चार मन्त्रालयमा बसेको सोमबारको मन्त्रीस्तरको बैठकले त्यस्तो निर्णय गर्दै...