प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी
काठमाडौं, साउन २१ गते । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सर्नुभएपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा भान्साका सामानहरु एकाएक गायब भएका छन् ।
प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर घरमा लगेको हुनसक्ने अनुमान त्यहाँकै केही कर्मचारीले गरिएका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र...













