ब्यानर समाचार
थारु पत्रकार संघ, बाँके शाखाले पनि गर्यो अधिवेशन प्रतिनिधि छनोट
भगतराम थारु
नेपालगञ्ज, कात्तिक १० गते । थारु पत्रकार संघ नेपालको कात्तिक १८ गते सुनसरीमा हुने केन्द्रिय अधिवेशनका लागि बाँके शाखाले ३ जना प्रतिनिधि छनौट गरेको छ ।
संघका सचिव भगतराम थारु, कोषाध्यक्ष सुमित्रा चौधरी र सल्लाहकार विश्वराज पछल्डग्यालाई प्रतिनिधिकोरुपमा छनौट गरेको हो । त्यस्तै अधिवेशनमा जानका लागि आर्थिक संकलन समिति पनि...
थारु पत्रकार संघ दाङले गर्यो महाधिवेशनका लागि प्रतिनिधि छनौट
लालु चौधरी
तुलसीपुर, कात्तिक ९ गते । थारु पत्रकार संघ दाङ शाखाले कात्तिक १८ गते हुने केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । तुलसीपुर दाङमा विहिबार बसेको बैठकले प्रनिनिधि छनौट गरेको हो ।
संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता बसेको बैठकले दहितकै संयोजकत्वमा आठ सदस्यीय महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । जसमा...
चर्चित गायक मनोज महतो फेरि नयाँ थारुगीत ल्याउने तयारीमा
थारु पत्रकार संघ सुनसरी शाखाको वार्षिक साधारणसभा सम्पन्न
कुलदिप चौधरी
सुनसरी, कात्तिक ८ गते । थारु पत्रकार संघ नेपाल सुनसरी शाखाको प्रथम साधारणसभा मंगलबार झुम्कामा सम्पन्न भएको छ । गत वर्ष २०७३ कर्तिक ६ गते गठन भएको शाखाले विधानअनुसार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्व र थारु पत्रकार संघ नेपालको केन्द्रीय सदस्य किशोर चौधरीको प्रमुख...
असन्तुष्ट नेताहरुले नेपाल लोकतान्त्रिक फोरमलाई निरन्तरता दिने
लक्की चौधरी
काठमाडौं, कात्तिक ७ गते । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित एक समूहले असोज ३० मा नेपाली कांग्रेसमा पार्टी समाहित भएको घोषणा गरेपनि असन्तुष्ट नेताहरुले पुनः सो पार्टी व्यूँताउने अभ्यासमा लागेका छन् ।
सो दलका सहअध्यक्ष भानुराम थारु नेतृत्वमा नेपाल लोाकतान्त्रिक फोरम व्यूँताउने अभ्यास भएको असन्तुष्ट नेताहरुले बताएका छन् ।...
कहाँ जाइतो गोरी थारु गीतमा हट सिन, गीतले बजार तताउने दावी
भगतराम थारु
नेपालगन्ज, कात्तिक ७ गते । एका विहानै नेपालगन्जको एक होटेलमा ठुलो स्वरमा थारु गित घन्कीरहेको थियो । भिडभाड पनि उत्तिकै थियो । होटेलमा एकजना युवाले एक युवतीलाई स्विमिङ पुलबाट समातेर निकालिरहेका थिए । हट कपडा पहिरनमा सजिएका युवतीलाई विस्तारै समातेर वाहिर निकालेर चुम्बन समेत गर्न भ्याए ।
पछाडी धेरै युवाहरुले...
थारु पत्रकार संघ नेपालसँग दाङ शाखाले माग्यो लिखित जवाफ
काठमाडौं, कात्तिक ६ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले असोज ७ गते शाखाको जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि आउन नसकेको कारणसहितको केन्द्रसँग लिखित जवाफ माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीलाई ज्ञापनपत्र बुझाउँदै दाङ शाखाका अध्यक्ष सन्तोष दहितले सो जवाफ माग गरेका हुन् । अधिवशेनमा केन्द्रीय प्रतिनिधि पठाउने...
विजयकुमार गच्छदारलाई चित्तवनबाट एक पत्रकारको खुल्लापत्र
आदरणी नेताज्यू,
सबैभन्दा पहिले अभिवादन छ । सायद तपाईले मलाई चिन्नुहुन्न । भीडमा एक दुईपटक मात्रै भेटिएका मान्छेहरुलाई अक्सर मैले पनि चिन्न सक्दिन । तपाईले पनि चिन्नैपर्छ भन्ने छैन । झण्डै चारवर्ष अघि भैरहवामा आयोजना गरिएको एउटा कार्यक्रममा तपाईसँग मेरो भेट भएको हो । भेटको क्रममा करिब २० मिनेट तपाईसँग कुरा...
थारु पत्रकार संघ बारा शाखाले गर्यो जनप्रतिनिधिहरुलाई सम्मान
दुष्यन्त चौधरी
कलैया, असोज ३१ गते । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बारा जिल्लाका थारु प्रतिनिधिहरुलाई थारु पत्रकार संघ नेपाल बारा शाखाले सम्मानित गरेको छ ।
संघको जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभाको सभाकक्षमा आयोजित कार्यक्रममा २७ जना जनप्रतिनिधिलाई सम्मानित गरेको हो ।
संघका अध्यक्ष रेनुकुमारी चौधरीको अध्यक्षतामा तथा...














