सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति
काठमाडौं, वैशाख २४ गते । सत्ता साझेदार दल नेकपा (एमाले) र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । सहमतिसँगै संकटमा परेको वर्तमान सरकार केही दिनकालागि सुरक्षित भएको छ ।
एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे सार्वजनिक गरिएको थियो...














