नयाँ संविधानले कसैप्रति भेदभाव गरेको छैनः प्रधानमन्त्री ओली
काठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले कुनै समुदायलाई भेदभाव नगरेको तर संविधानबारे गलत प्रचारले समस्या निम्त्याएको बताउनुभएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालको आठौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “यो संविधानले सबैलाई सम्मान गरेको छ, केहीले संविधानबारे...












