थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका
लक्की चौधरी
काठमाडौं, असोज ३१ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । दशैं मनाउने सबै समुदायले मंगलबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायका सदस्यले भने ढिक्री बनाउने सरसामानको सरसफाई पैनस्टोपी धुने काम गरे ।
थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन...













