अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित
काठमाडौं, चैत २९ गते । नेकपा (एमाले) को भातृसंगठन अखिल नेपाल किसान महासंघमा तीनजना थारुको प्रतिनिधित्व भएको छ । थारु समुदाय प्रायः किसान नै किसान भएपनि संगठनमा प्रतिनिधित्व कमजोर देखिएको छ ।
महासंघको काठमाडौंमा चैत २६ देखि २९ सम्म भएको छैठौं महासम्मेलनबाट बामदेव गौतमको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति गठन गरेको छ...














