ब्यानर समाचार
थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’
काठमाडौं, असोज ३ गते । सरकारले संविधान जारी भएको दिनको स्मरणमा सोमबारलाई देशव्यापीरुपमा संविधान दिवसकोरुपमा मनाए पनि थरुहट तराई र मधेसी समुदायले सो दिनलाई कालो दिवसकोरुपमा मनाउँदै छन् ।
संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट तराईमा असोज ३ लाई कालो दिवसकोरुपमा मनाउन...
थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता
काठामडौं, असोज ३ गते । थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आइतबार अबेर रातिसम्म भएको महाधिवेशनले अध्यक्षमा चौधरीलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, पदाधिकारीमा उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करियाप्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) र प्रभु...
संविधानको एकवर्षे उतारचढाव
गतसाल २०७२ असोज ३ गते साँझ तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा भवनबाट नयाँ संविधान सार्वजनिक गर्नुभएको थियो । सुशील कोइराला मुलुकको प्रधानमन्त्री थिए । २०७२ भाद्र ३० गते राती नौ बजे संसद बैठकबाट संविधानका सबै धारा पारित भएका थिए । बैठकमा उपस्थित ५३२ मध्ये ५०७ जनाले पक्षमा मतदान गरेका...
भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ । भारतसँगको प्रगाढ सम्बन्धले चीनसँगको सम्बन्धमा कुनै असर नपुग्ने उहाँले प्रष्ट पार्नुभयो ।
चारदिने भ्रमणपछि आइतबार दिउँसो स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनुभयो...
संविधान दिवसमा सजाइयो संसद भवन, थारु मधेसीले विरोध गर्ने
काठमाडौं, असोज २ गते । संविधान जारी भएको दिनको स्मरणमा संसद सचिवालयले आइतबार संसद सचिवालयले नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको छ। संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजिसजाउ पारेको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थिति रहने संसद सचिवालयका...
महासंघको संशोधित विधान जारी, थारुकोटा नपरेकोमा आपत्ति
पाल्पा, असोज १ गते । नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । तर संशोधित विधानमा मागअनुसार थारुकोटा नछुट्याएकोभन्दै केन्द्रीय सदस्य लक्की चौधरीले गम्भीर आपत्ति जनाएका छन् ।
नयाँ संविधानमा थारु क्लष्टरलाई अलग पहिचान दिइसकेको अवस्थामा महासंघको विधानमा थारु समुदायका लागि केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश र...
असोज ३ लाई थरुहट संघर्ष समितिले कालो दिवसकोरुपमा मनाउने
राम दहित
धनगढी, असोज १ गते । जारी संविधानमा अधिकार सुनिश्चिता र संविधान संशोधनमा दबाव दिनका लागि संघीय गठबन्धन तथा थरुहट÷थारुवान संयूक्त संघर्ष समिति, रानाथारु संयूक्त संघर्ष समितिले असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने भएका छन् ।
असोज ३ गते संविधान घोषणा भएको दिनलाई हर्षोल्लासकारुपमा सरकारले मनाउने भनेपनि संघीय गठबन्धनले जारीभएको...
सम्बन्ध विस्तारका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति
काठमाडौं, असोज १ गते । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नकालागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ ।
दुवै देशका सरकार प्रमुखबीचको छलफलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल– भारतको बहुपक्षीय सहकार्य, निकट र सौहाद्र सम्बन्ध विस्तार गर्नका लागि उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न लागिएको...
म धेरै कम भावुक हुने मान्छे हुँ, पुस्तकले भावुक बनायोः अध्यक्ष ओली
काठमाडौं, भाद्र २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा मानिस अमानवीय हुँदैगएकोप्रति चिन्ता व्यक्तगर्दै समाज परिवर्तनका लागि अमानवीय भावना त्याग्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
अधिकारकर्मी तथा महिला नेतृ सुनिता दनुवारद्वारा लिखित ‘आँसुको शक्ति’ नामक पुस्तकको सोमबार यहाँ लोकार्पण गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो...














