फोरम लोकतान्त्रिकका ३० सहित ३५ कार्यकर्ता थरुहट पार्टीमा प्रवेश
राम दहित
धनगढी, असोज ६ गते । मधेसी जनाधिकार फोरम (लोकन्तान्त्रिक) का ३० जनासहित ३५ जना नेता कार्यकर्ता थरुहट तराई पार्टी नेपालमा प्रवेश गरेका छन् ।
थरुहट तराई पार्टी नेपालले आज (विहिवार) धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य, केन्द्रीय पार्षदसहित विभिन्न राजनैतिक दलमा आवद्ध नेता, कार्यकर्ताहरु प्रवेश गरेका हुन्...














