मुक्त हलियाको पुनस्र्थापना हुन्छ, निराश गर्दैनः भूमिसुधार मन्त्री पाण्डे
काठमाडौं, असोज १३ गते । भूमिसुधार मन्त्री विक्रम पाण्डेले सरकारले लिएको लक्ष्यअनुसार हलियाको पुनस्र्थापना भइसक्ने बताउनुभएको छ । आफू मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हलियाको आशालाई निराशामा परिणत नगर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजनामा विहिबार यहाँ आयोजित मुक्त हलियाको वर्तमान अवस्थामा र सरकारको दायित्व विषयक गोष्ठीमा बोल्दै...














