पुनरसंरचना आयोगको प्रतिवेदन पहिचान विरोधीः आदिबासी अगुवा

पुनरसंरचना आयोगको प्रतिवेदन पहिचान विरोधीः आदिबासी अगुवा
काठमाडौं, साउन २४ गते । स्थानीय तहको पुनरसंरचना आयोगले तयार गरेको खाका पहिचान विरोधी भएको भन्दै आदिबासी जनजाति अगुवाहरुले आयोगको प्रारम्भिक प्रतिवेदनलाई नै पुनरसंना गर्नुपर्ने सुझाव दिएका छन् । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थानीय निकायको पुनरसंरचनामा आदिबासी जनजातीय सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आदिबासी अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । त्रिभुवन...

टीकापुर घटनामा ज्यानगुमाएका बालकलाई शहिद घोषणाको माग

टीकापुर घटनामा ज्यानगुमाएका बालकलाई शहिद घोषणाको माग
धनगढी, साउन २४ गते । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले टीकापुर घटनामा ज्यान गुमाएका अढाई वर्षीय बालक टेकबहादुर साउदलाई सहिद घोषणा गर्न माग गरेको छ । आन्दोलन परिचालन समितिद्वारा कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पेस गरिएको ज्ञापनपत्रमा टीकापुर घटनामा ज्यान गुमाएका सबै प्रहरीका परिवारलाई रोजगारी दिनुपर्ने मागसमेत गरिएको छ । आन्दोलन...

उपत्यकासहित थारुबहुल जिल्लामा भव्य गुरही मनाइयो (फोटोफिचर)

उपत्यकासहित थारुबहुल जिल्लामा भव्य गुरही मनाइयो (फोटोफिचर)
काठमाडौं, साउन २४ गते । थारु समुदायको पहिलो पर्वकोरुपमा मनाइने गुरही पर्वलाई आइतबार थारु बहुलजिल्ला करिब सबैमा भव्यतापूर्वक मनाइएको छ । उपत्यकामा बस्ने थारु समुदायसहित पश्चिम तराईका जिल्लामा थारुहरुले सामुहिकरुपमा गुरही मनाएका   छन् । हेर्नुहोस् तस्विरमा गुरही (गुर्या) पर्व तस्विरः सामाजिक सञ्जाल, अविनाश चौधरी, विद्यार्थी संगठन तथा इन्टरनेट ।...

आदिबासीको आधारभूत अधिकार सम्बोधन भएको छः सभामुख घर्ती

आदिबासीको आधारभूत अधिकार सम्बोधन भएको छः सभामुख घर्ती
काठमाडौं, साउन २३ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानमा आदिबासीको सबै अधिकार सम्बोधन नभएपनि आगामी दिनमा संशोधनमार्फत सम्बोधन गरिने आश्वासन दिनुभएको छ । नेपाल आदिबासी जनजाति महासंघले विश्व आदिबासी दिवस २०७३ को अवसरमा आइतबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले त्यस्तो बताउनुभयो । संविधानलाई सर्वस्वीकार्य...

दिवसमै सीमित भयो आदिबासी आन्दोलन, नेताहरु तैचुप मैचुपमा (टिप्पणी)

दिवसमै सीमित भयो आदिबासी आन्दोलन, नेताहरु तैचुप मैचुपमा (टिप्पणी)
लक्की चौधरी काठमाडौं, साउन २३ गते । पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकारसहितको नयाँ संविधानको माग गर्दैआएका आदिबासी जनजाति समुदायहरु नयाँ संविधान निर्माणपछि तैचुप मैचुप छन् । नयाँ संविधानमा सबै अधिकार सम्बोधन भएर हो या दलीय ह्वीपको पर्खाल नाघ्न नसकेर, थाहा भएन । आदिबासीहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ र त्यसको भातृसंगठनको...

कम्प्यूटर सिकाउने बोर्ड राखेर अबैधरुपमा सञ्चालित बालगृहमा छापा

कम्प्यूटर सिकाउने बोर्ड राखेर अबैधरुपमा सञ्चालित बालगृहमा छापा
दीपक उपाध्याय धनगढी, साउन २२ गते । कम्प्युटर इन्स्टिच्युटको आवरणमा अबैधरुपमा बालगृह सञ्चालन गरेको, विभिन्न प्रलोभन दिएर बालबालिकालाई धर्म परिवर्तन गराएको, दर्ता नै नगरी चर्च सञ्चालन गरेको लगायतको आरोपमा धनगढी उपमहानगरपालिका–४ तारानगरको सत्कार चौकस्थित एक घरमा जिल्ला प्रशासन कार्यालय कैलालीले छापा मारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको नेतृत्वमा शुक्रवार साँझ...

थारु गुरही पर्व मनाइँदै, थारु समुदायमा किन मनाइन्छ गुरही (गुर्या) ?

थारु गुरही पर्व मनाइँदै, थारु समुदायमा किन मनाइन्छ गुरही (गुर्या) ?
लक्की चौधरी काठमाडौं, साउन २२ गते । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरहीपर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आइतबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने,...

थरुहट संघर्ष समितिको आन्दोलन र गठबन्धनको सहमति (समाचार टिप्पणी)

थरुहट संघर्ष समितिको आन्दोलन र गठबन्धनको सहमति (समाचार टिप्पणी)
लक्की चौधरी काठमाडौं, साउन २१ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्व घोषित कार्यक्रमअनुसार संघर्षको कार्यक्रम जारी राखेको छ । नयाँ बानेश्वरबाट महिना अघि लालटिन जुलुश शुरुगरेको संघर्ष समितिले शुक्रबार संयुक्त राष्ट्रसंघको पुल्चोकस्थित कार्यालय अगाडिसमेत लालटिनसहित एकघण्टे प्रदर्शन ग¥यो । संघर्ष समितिको आन्दोलनमा खासै थारुको सघन उपस्थिति रहने गरेको छैन ।...

पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल

पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल
काठमाडौं, साउन २१ गते । के तपाई पत्रकारिता पेशामा आउन आतुर हुनुभएको छ ? पत्रकारिता पेशा लामो समयदेखि अङ्गाल्नुभएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नकालागि निश्चित् मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेलेमात्र यो पेशामा संलग्न हुन पाउनेछन् । पत्रकारको अभिभावक संस्था प्रेस काउन्सिल नेपालले पत्रकार...

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी
काठमाडौं, साउन २१ गते । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सर्नुभएपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा भान्साका सामानहरु एकाएक गायब भएका छन् । प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर घरमा लगेको हुनसक्ने अनुमान त्यहाँकै केही कर्मचारीले गरिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र...