सरकारी जहाज डुब्न थालेपछि मुसाहरु निक्लदैछन्ः अध्यक्ष यादव
काठमाडौै, साउन ९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी जहाज डुब्न थालेपछि त्यसमा सवार मुसाहरु धमाधम भागिरहेको बताउनुभयो । ‘ओली सरकार अल्पमतमा प¥यो, मुसाहरु भाग्न थाले’ यादवले भन्नुभयो ।
व्यवस्थापिका संसद बैठकमा आइतबार बोल्दै अध्यक्ष यादवले त्यस्तो बताउनुभयो । सरकार अल्पमतमा परेपछि विजयकुमार गच्छदार नेतृत्वको पार्टी, राप्रपा...












