नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव

नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव
महोत्तरी, बैशाख २८ गते । सिचाईमन्त्री उमेशकुमार यादवले सरकारको नीति तथा कार्यक्रम मधेसको पक्षमा नरहेको बताउनुभएको छ । उहाँले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाईमन्त्री भएपनि तराई मधेशको बारेमा कसैले नसोचेको दावी गर्नुभयो । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै उहाँले अझै यो...

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो
काठमाडौं, वैशाख २७ गते । नेपाल पत्रकार महासंघले सञ्चारसँग सम्बद्ध महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषयलाई सरकारले प्राथमिकता नदिएको...

हरुवा चरवाले शुरुगरे सामुहिक तरकारी खेती

हरुवा चरवाले शुरुगरे सामुहिक तरकारी खेती
सप्तरी, वैशाख २७ गते । पुस्तौसम्म बिना ज्यालामा मालिकको खेत जोतीरहेका सीराहा मधुपटटीका हरुवा चरुवाहरु भाडामा जग्गा लिएर सामुहिक खेती गर्न थालेका छन् । सप्तरीको मधुपटट्ी १ मा रहेको आठ कठठ जग्गा भाडामा लिएर उनीहरु तरकारी खेती गर्न थालेका हुन् । मधुपटट्ी ६ र ७ मा रहेका हरुवा चरवाहरु समुह निर्माण...

नीति तथा कार्यक्रम २०७३ संसदमा प्रस्तुत, के के छ व्यवस्था ?

नीति तथा कार्यक्रम २०७३ संसदमा प्रस्तुत, के के छ व्यवस्था ?
काठमाडौं, वैशाख २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम २०७३ प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा १४ वर्षपछि आगामी मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने भनिएको छ । त्यस्तै, आगामी तीन वर्षभित्र काठमाडौंको धरहारा निर्माण गरिसक्ने, दुई वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, आगामी पाँचवर्ष...

सरकार विरुद्धको यस्तो थियो कांग्रेस र एमाओवादीको तयारी

सरकार विरुद्धको यस्तो थियो कांग्रेस र एमाओवादीको तयारी
काठमाडौं, वैशाख २६ गते । झन्नै सरकार फेर्ने तयारीमा रहेका नेपाली कांग्रेस र एमाओवादीबीचको साँठगाँठले राजनीतिक बृत्तमा ठूलो हलचल ल्यायो । प्रमुख तीन दलबीचको आन्तरिक गम्भीर विषय पनि बन्यो । ओली नेतृत्वको सरकारलाई फेरेर आफ्नो नेतृत्वको सरकार बनाउने तयारीमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः एमालेसँग नै नौबुँदे सहमति गरी...

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छः मन्त्री राई

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छः मन्त्री राई
काठमाडौं, वैशाख २५ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रीपरिषदबाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागुहुने बताउनुभएको छ । स्वीट्जरलैण्डको साताव्यापी भ्रमणबाट शनिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै मन्त्री राईले त्यस्तो बताउनुभयो । न्यूनतम पारिश्रमिकलाई कुनैपनि हालतमा कार्यान्वयन गरिने उहाँले...

संघर्ष समितिले गरेको आन्दोलनप्रति युवा स्वयमसेवकको असहमति

संघर्ष समितिले गरेको आन्दोलनप्रति युवा स्वयमसेवकको असहमति
नेपालगञ्ज, वैशाख २५ गते । केहीदिन अघिमात्र देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनप्रति थारु युवा स्वयमसेवकले असहमति प्रकट गरेको छ । विना तयारी आन्दोलनको कार्यक्रम घोषणा भएकाले सफल गर्न नसकिने सो संघको बुझाई छ । बाँकेको नेपालगञ्जमा शनिबार भएको थरुहट आन्दोलनको वर्तमान अवस्था र सम्भावित निकास...

टीकापुर घटना थारुले घटाएका हैनन, षडयन्त्र गरेर घटाइयो

टीकापुर घटना थारुले घटाएका हैनन, षडयन्त्र गरेर घटाइयो
काठमाडौं, वैशाख २५ गते । नेकपा (एमाले) कैलाली काठमाडौं सम्पर्कमञ्चले शनिबार यहाँ नयाँवर्ष २०७३ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा वक्ताले टीकापुरको घटना थारुले नभई षडयन्त्रकारीले घटाएको बताउनुभयो । मञ्चले गरेको कार्यक्रममा कैलाली क्षेत्र नं २ का सांसद तथा व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिका सभापति...

सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति

सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति
काठमाडौं, वैशाख २४ गते । सत्ता साझेदार दल नेकपा (एमाले) र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । सहमतिसँगै संकटमा परेको वर्तमान सरकार केही दिनकालागि सुरक्षित भएको छ । एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे सार्वजनिक गरिएको थियो...

जलवायु परिवर्तनमा अनुकुलनका लागि प्रोत्साहन पुरस्कार घोषणा

जलवायु परिवर्तनमा अनुकुलनका लागि प्रोत्साहन पुरस्कार घोषणा
काठमाडौं, वैशाख २४ गते । आइडियाज टु इम्प्याक्टले जलवायू परिवर्तनको अनुकुलनमा नविनतम समाधानहरुका कार्यक्रमलाई व्यापक तवरमा अघि बढाउनेहरुलाई सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको छ । एडप्टेशन एट स्केल पुरस्कार अर्थात अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कार घोषणा गर्दै आयोजकले यसलाई स्थानीयस्तरसम्म पु¥याउने बताएको छ । राजधानीमा एक विशेष समारोहकाबीच भएको कार्यक्रममा जनसंख्या...