प्रधानमन्त्री ओली र प्रचण्डबीच मुलुकको समस्या समाधान विषयमा छलफल
काठमाडौं, पुस १२ गते । विद्यमान राजनीतिक र मुलुकको समस्याबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आइतबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मधेसी मोर्चाको आन्दोलन, व्यवस्थापिका संसद सुचारु...














