गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री

गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री
काठमाडौं, साउन २० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको मन्त्रीमा पार्टीको तर्फबाट समावेशी चरित्र प्रदर्शन गरेका छन् । माओवादीले पहिलो चरणमै कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मा लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री दाहालसहित माओवादीका तीन...

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत
काठमाडौं, साउन १९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको   छ । व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका आधारमा प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । दश वर्ष सशस्त्रयुद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक...

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन
काठमाडौं, साउन १८ गते । करिब हस्ताक्षरको तयारीमा रहेको मंगलबार दिनभरको वार्तापछि पनि नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच सहमति बन्न सकेन । नेताहरुका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत...

प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक

प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक
काठमाडौँ, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ३९ औं प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्सेहलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । त्यस्तै,...

नयाँ प्रधानमन्त्रीको निर्वाचन १९ गते हुने, प्रचण्ड प्रधानमन्त्रीमा करिब पक्का

नयाँ प्रधानमन्त्रीको निर्वाचन १९ गते हुने, प्रचण्ड प्रधानमन्त्रीमा करिब पक्का
लक्की चौधरी काठमाडौं, साउन १७ गते । मुलुकको ३९ औं प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ । व्यवस्थापिका संसदले साउन १९ गते विहान ११ बजेकालागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने करिब निश्चित छ । प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी सभामुख ओनसरी...

संसदमा सानादलका सांसदमाथि विभेद भइरहेको छः सांसद चौधरी

संसदमा सानादलका सांसदमाथि विभेद भइरहेको छः सांसद चौधरी
काठमाडौं, साउन १६ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष तथा सांसद रुक्मिणी चौधरीले साना दलका सांसदमाथि व्यवस्थापिका संसद बैठकमा पनि विभेद हुनेगरेको बताउनुभएको छ । ठूला दलका सांसदले संसदमा बोल्दा बढी समय पाउने र साना दलका सांसदहरुले कम समय पाउने परिपाटी संसदीय व्यवस्थामा विभेदपूर्ण रहेको तर्क गर्नुभएको छ...

कांग्रेसको राष्ट्रिय सहमतिको सरकारबारे दृष्टिकोण के होः प्रम ओली

कांग्रेसको राष्ट्रिय सहमतिको सरकारबारे दृष्टिकोण के होः प्रम ओली
काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग सहमतीय सरकार गठनको विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रपतिले दिनुभएको सातदिनको समयसमीमा सकिन लागेकाले सो...

गच्छदार फेरि मन्त्री बन्ने पक्का, गठबन्धनदलको रोक्ने प्रयास असफल

गच्छदार फेरि मन्त्री बन्ने पक्का, गठबन्धनदलको रोक्ने प्रयास असफल
काठमाडौं, साउन १४ गते । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको ओली सरकारबाट बाहिएलगत्तै प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न दौडधुप सफल हुनेभएको छ । माओवादी उच्च स्रोतका अनुसार गच्छदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का जस्तै भएको छ । निरन्तरजस्तो सरकारमा रहने गच्छदारको बाहिर जति आलोचना भएपनि पार्टी टिकाउनकैलागि गच्छदार सरकारमा...

थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने
काठमाडौं, साउन १३ गते । यसअघि सरकारसँग भएको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा थारु समुदायले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ । समितिको केन्द्रीय आन्दोलन कमिटीले लालटिन, प्लेकार्ड र व्यानरसहित दिउँसो १२ देखि १ बजेसम्म बालुवाटार घेराउ गर्ने बताएको छ । यसअघि...

माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’

माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’
काठमाडौं, साउन १३ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको नाम जोडेर एक साप्ताहिक पत्रिकामा आएका पार्टी विभाजन गर्ने मनसायको समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती प्रकाशित गर्दै भ्रामक तथा कपोलकल्पित समाचारको भ्रममा नपर्न पार्टी कार्यकर्तामा विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।...