पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’
लक्की चौधरी
कञ्चनपुर, साउन २९ गते । मध्य र सुदूरपश्चिमका भारतीय सीमासँग जोडिएका जिल्लाका पत्रकारले सुरक्षाको प्रमुख थ्रेट आन्तरिक रहेको बताएका छन् । पत्रकार स्वयम् पत्रकारबाटै बढी थ्रेटमा रहनेगरेको पत्रकारको बुझाई छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनटोली चारदिने अभियान लिएर विहिबारदेखि पश्चिम नेपालको तराईका जिल्लामा छलफल गरिरहेको छ । मिसनटोलीसँग अधिकांश...














