कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन
काठमाडौं, साउन १८ गते । करिब हस्ताक्षरको तयारीमा रहेको मंगलबार दिनभरको वार्तापछि पनि नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच सहमति बन्न सकेन ।
नेताहरुका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत...














