प्रधानमन्त्री ओलीबाट राजीनामा, अर्को सरकार गठनको बाटो खुल्यो
लक्की चौधरी
काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पदबाट राजिनामा गरिसकेको संसद बैठकलाई जानकरी गराउनुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार नै राजीनामा दिइसकेको संसद बैठकलाई जानकारी गराउनुभयो ।
व्यवस्थापिका संसदमा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा उठेको प्रश्नको आइतबार जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मन्त्रिपरिषद...