संघीय गठबन्धनले दुई महिना देशको प्रमुख शहरमा बृहत कार्यक्रम गर्ने
काठमाडौं, साउन ३ गते । मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावको पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार र सोमबार गरी दुईदिनसम्म चलेको गठबन्धन दलको बैठकले त्यस्तो निर्णय गर्दै ३९ दिने रिले अनसनको समिक्षा समेत गरेको छ । अनसन कार्यक्रम सफल रहेको गठबन्धन...














