भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन

भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन
चन्दनचौकी (भारत) वैशाख २८ गते । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलामा भारतीय थारुले नेपालको थारु अधिकारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको...

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो
काठमाडौं, वैशाख २७ गते । नेपाल पत्रकार महासंघले सञ्चारसँग सम्बद्ध महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषयलाई सरकारले प्राथमिकता नदिएको...

नीति तथा कार्यक्रम २०७३ संसदमा प्रस्तुत, के के छ व्यवस्था ?

नीति तथा कार्यक्रम २०७३ संसदमा प्रस्तुत, के के छ व्यवस्था ?
काठमाडौं, वैशाख २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम २०७३ प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा १४ वर्षपछि आगामी मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने भनिएको छ । त्यस्तै, आगामी तीन वर्षभित्र काठमाडौंको धरहारा निर्माण गरिसक्ने, दुई वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, आगामी पाँचवर्ष...

सरकार विरुद्धको यस्तो थियो कांग्रेस र एमाओवादीको तयारी

सरकार विरुद्धको यस्तो थियो कांग्रेस र एमाओवादीको तयारी
काठमाडौं, वैशाख २६ गते । झन्नै सरकार फेर्ने तयारीमा रहेका नेपाली कांग्रेस र एमाओवादीबीचको साँठगाँठले राजनीतिक बृत्तमा ठूलो हलचल ल्यायो । प्रमुख तीन दलबीचको आन्तरिक गम्भीर विषय पनि बन्यो । ओली नेतृत्वको सरकारलाई फेरेर आफ्नो नेतृत्वको सरकार बनाउने तयारीमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः एमालेसँग नै नौबुँदे सहमति गरी...

टीकापुर घटना थारुले घटाएका हैनन, षडयन्त्र गरेर घटाइयो

टीकापुर घटना थारुले घटाएका हैनन, षडयन्त्र गरेर घटाइयो
काठमाडौं, वैशाख २५ गते । नेकपा (एमाले) कैलाली काठमाडौं सम्पर्कमञ्चले शनिबार यहाँ नयाँवर्ष २०७३ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा वक्ताले टीकापुरको घटना थारुले नभई षडयन्त्रकारीले घटाएको बताउनुभयो । मञ्चले गरेको कार्यक्रममा कैलाली क्षेत्र नं २ का सांसद तथा व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिका सभापति...

सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति

सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति
काठमाडौं, वैशाख २४ गते । सत्ता साझेदार दल नेकपा (एमाले) र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । सहमतिसँगै संकटमा परेको वर्तमान सरकार केही दिनकालागि सुरक्षित भएको छ । एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे सार्वजनिक गरिएको थियो...

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहान प्रभातफेरी

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विहान प्रभातफेरी
काठमाडौं, वैशाख २४ गते । प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा सरकारको मूल समारोह समितिले शुक्रबार विहान प्रभातफेरिको आयोजना गरेको छ । इतिहासमा पहिलो पटक पत्रकारले स्थापना दिवस प्राप्त गरेकोमा गौरवान्वित महशुस भएको सरोकारवालाहरुले बताउनुभएको छ । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म व्यानरसहित ¥यालीको आयोजना गरिएको थियो । सूचना तथा सञ्चारमन्त्रालयका...

फरक विधामा योगदान दिएबापत दुई थारु भए सम्मानित

फरक विधामा योगदान दिएबापत दुई थारु भए सम्मानित
काठमाडौं, वैशाख २३ गते । छुट्टाछुट्टै विधामा योगदान दिएबापत दुई थारु विशेष कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । पत्रकार गणेश चौधरी उमासिंह पत्रकारिता पुरस्कारबाट गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित हुनुभयो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा गरेको योगदानको कदरस्वरुप चौधरीलाई नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा चित्तवनको टाँडीमा सम्मानित गरिएको थियो । चौधरीलाई...

थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा

थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा
गीता चौधरी काठमाडौं, वैशाख २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय परिचालन समितिले जेठ २ गते आमहडताल सहितको विरोधको कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । विगतमा संघर्ष समितिले सात र १३ बुँदे माग सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नगरेकाले आन्दोलनको कार्यक्रम पुनः सक्रिय बनाउन बाध्य भएको संघर्ष समितिका सदस्यहरुले बताउनुभएको...

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान
काठमाडौं, वैशाख २१ गते । गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा आयोजित राष्ट्र«व्यापी निवन्ध प्रतियोगितामा कैलालीकी लेखिका गीता चौधरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ । गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो...