वार्ताका लागि राजपा नेपालको शर्तः फोरम नेपालले सरकार छाड्नुपर्छ
काठमाडौं, मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालले मुद्दा र विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्न नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको भोलिपल्टै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता गर्न फोरम नेपालले सरकार छाड्नुपर्ने शर्त अघि सारेको छ ।
वार्ता समिति गठनलाई राजपाले स्वागत गरे पनि सरकार नछाड्दासम्म...













