समाचार
थरुहट समितिले संघर्षको नाममा आन्दोलन तुहाउँछः अध्यक्ष थारु
काठमाडौं, असार १ गते । थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले संघर्षको नाममा थारु आन्दोलन तुहाउने बाटोमा लागेको आरोप लगाउनुभएको छ ।
हमार पहुरा डट कमसँग आज संक्षिप्त कुरागर्दै अध्यक्ष थारुले त्यस्तो बताउनुभयो । संघर्ष समिति र आफ्नो दलका नेताहरुसँग फोनमा समेत समन्वय भइनरहेको बताउँदै...
पेशागत महासंघको छैठौं केन्द्रीय महाधिवेशन असार ३ देखि
काठमाडौं, असार १ गते । नेकपा (एमाले) निकट पेशागत महासंघ नेपालको छैठौं केन्द्रीय महाधिवेशन असार ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने महासंघले बताएको छ ।
महासंघले बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै महाधिवेशनमा देशभरबाट करिब आठसय प्रतिनिधि सहभागी हुने अध्यक्ष विश्वनाथ प्याकुरेलले...
सरकार छाड्ने विषयमा निर्णय भएको छैनः स्वास्थ्यमन्त्री चौधरी
काठमाडौं, जेठ ३२ गते । स्वास्थ्यमन्त्री तथा फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीले वर्तमान सरकार छाड्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताउनुभएको छ । यसअघि सो पार्टीले सरकार छाड्ने निर्णय गरेको भन्ने समाचार बाहिर आएको थियो ।
सरकार छोड्ने विषयमा पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिकभित्र नेता जितेन्द्र देवको...
संसद नियमावलीमा सहमति जुट्न सकेन, बहुमतीय प्रक्रियामा जाने
नयाँ शक्तिको सभामा प्रधानमन्त्रीले भने, ‘नेपाल गरिब भैरहन सक्दैन’
काठमाडौं, जेठ ३० गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीको घोषणासभामा गएर भन्नुभयो, “अब नेपाल गरिब भैरहन सक्दैन, हुन दिनु हुन्न ।”
यति मेहनती जनता भएको देश गरिब रहन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति दललाई सफलताको शुभकामना दिनुभयो । नयाँ शक्ति नेपाल...
उपयुक्त जिम्मेवारी पाए, एमालेमा प्रवेश गर्न सक्छुँः अध्यक्ष चौधरी
काठमाडौं, जेठ ३० गते । थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीले उपयुक्त वातावरण मिलेमा आफू नेकपा (एमाले) मा प्रवेश गर्नसक्ने खुलासा गर्नुभएको छ ।
हमार पहुरासँगको गोप्य र संक्षिप्त कुराकानीमा अध्यक्ष चौधरीले त्यस्तो खुलासा गर्नुहुँदै भन्नुभयो, “म यसअघिसम्म कांग्रेस पृष्ठभूमिको व्यक्ति हुँ, तर...
दोस्रो राष्ट्रिय थारु चलचित्र महोत्सव काठमाडौंको नाचघरमा शुरु
लक्की चौधरी
काठमाडौं, जेठ २९ गते । थारु राष्ट्रिय चलचित्र दोस्रो महोत्सव शनिबारबाट काठमाडौंमा शुरुभएको छ । महोत्सवको शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै राज्यमन्त्री चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महोत्सवमे उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्नुभयो । थारु समुदाय संस्कृतिको धनी जाति भएकाले थारुको...
बसपार्क सारिए पनि किन शुरु भएन काठमाडौं स्तम्भ निर्माणको काम
काठमाडौँ, जेठ २८ गते। पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला भएको गुनासो बढेपछि काठमाडाँै महानगरपालिकाले ठेकेदार कम्पनीलाई तत्काल शुरु गर्न आग्रह गरेको छ ।
झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरुगर्ने भन्दै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामञ्चमा सारिसकिएको थियो । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग...
थरुहटले वार्ता टोली बनायो, वार्ता सम्भवतः शुक्रबार मात्र हुने
काठमाडौं, जेठ २७ गते । सरकारले वार्ताकालागि औपचारिक पत्र पठाएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले पाँच सदस्यीय वार्ता टोली गठन गरेको भोलिपल्ट सरकारसँग थारुको वार्ता हुने सम्भावना बढेर गएको छ ।
विहिबार साँझसम्म वार्ता गर्ने तयारी सरकारको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली काम विशेषले गृहजिल्ला झापा जानुभएपछि...














