टीकापुर घटनामा पक्राउ परेकालाई विनासर्त रिहाइको माग
धनगढी, जेठ २६ गते । टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका परिवारहरुले राजबन्दीको रिहाई र क्षतिपूर्तिको मागगर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई पाँचबुँदे माग राख्दै पीडित परिवारले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रपति कार्यालय, गृहमन्त्रालय, परराष्ट्र...














