एमालेको घर भत्काउन ३१ लाख एक रुपियाको ठेक्का लाग्यो

एमालेको घर भत्काउन ३१ लाख एक रुपियाको ठेक्का लाग्यो
काठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) ले मदननगर बल्खुस्थित पार्टी मुख्यालयको भवन भत्काउने ठेक्का माइतीघर निवासी श्रीराम श्रेष्ठलाई दिने निर्णय गरेको छ । पार्टी सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको पार्टी कार्यालय व्यवस्थापन कार्यदलको बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । श्रेष्ठले घर भत्काउन कुल...

बजेटको सूचना चुहावटबारे छानविन गर्न संसदीय विशेष समिति गठन

बजेटको सूचना चुहावटबारे छानविन गर्न संसदीय विशेष समिति गठन
काठमाडौं, जेठ १८ गते । बजेट सार्वजनिक हुनुभन्दा अगाडि त्यसबारेको केही सूचना चुहावट भएको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको विरोधको सम्बोधन गर्न तथा सो बारेको वास्तविकता पत्ता लगाउन नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । प्रमुख तीन दल नेकपा (एमाले), माओवादी केन्द्र तथा कांग्रेसका नेताहरुको सहमतिका आधारमा मंगलबारको व्यवस्थापिका...

सार्वजनिक स्थलमा १० जनामा नौ महिलामाथि यौनहिंसा

सार्वजनिक स्थलमा १० जनामा नौ महिलामाथि यौनहिंसा
काठमाडौं, जेठ १८ गते । सार्वजनिक यातायात र स्थलमा हरेक १० जनामा नौजना महिलामाथि यौनहिंसा हुनेगरेको एक अध्ययनले देखाएको छ । होमनेट नेपालको आयोजनामा सोमबार यहाँ आयोजित सुरक्षित सहर अभियान शुभारम्भको अवसरमा आयोजित कार्यशाला गोष्ठीमा त्यस्तो देखाइएको हो । सार्वजनिक स्थल, सार्वजनिक यातायात, सडक, फिल्म हल तथा अन्य स्थानमा महिलामाथि सबैभन्दा...

कारागारका राजबन्दीले भने ‘३५ दिनसम्म प्रहरीले यातना दियो’

कारागारका राजबन्दीले भने ‘३५ दिनसम्म प्रहरीले यातना दियो’
धनगढी, जेठ १८ गते । टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थारु राजबन्दीले पक्राउ पछि प्रहरीले ३५ दिनसम्म शारीरिक यातना दिएको गुनासो गरेका छन् । जवर्जस्ती घटना स्वीकार गर्न दवाव दिएको उनीहरुको भनाई छ । कैलालीको धनगढी कारागारमा राजबन्दी जीवन विताइरहेका केही राजबन्दीले प्रहरी थुनामा रहँदा यातना दिएर घटना स्वीकार...

नेपालका थारु समुदायको अधिकार प्राप्तीमा भारतीय थारुले सघाउने

नेपालका थारु समुदायको अधिकार प्राप्तीमा भारतीय थारुले सघाउने
काठमाडौं, जेठ १७ गते । नेपाल र भारतका थारुबीच सहकार्य र सहयोगको आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित दुई दिने अन्तर्राष्ट्रिय थारु सम्मेलन उत्तरप्रदेश भारतको बलरामपुर जिल्लामा आइतबार सम्पन्न भएको छ । थारु युवा नेता महावीर चौधरीले दिनुभएको जानकारीअनुसार सम्मेलन जेठ १५ र १६ गते आयोजना भएको थियो । सम्मेलनमा तराईका झापादेखि कञ्चनपुरका...

बजेट समृद्धिउन्मुख छ, दिल खोलेर समर्थन गर्नुस्ः प्रधानमन्त्री ओली

बजेट समृद्धिउन्मुख छ, दिल खोलेर समर्थन गर्नुस्ः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट देशको विकार र समृद्धि उन्मुख आएकाले दिल खोलेर समर्थन गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) संसदीयदलको बैठकमा आइतबार व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुभयो । “यो बजेट विकासमुखी र समृद्ध नेपाल निर्माणका...

जेठ ३१ गतेको थरुहट बन्द नहुने, तयारी नपुग्ने भन्दै हलबाट अस्वीकार

जेठ ३१ गतेको थरुहट बन्द नहुने, तयारी नपुग्ने भन्दै हलबाट अस्वीकार
काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलामा प्रस्तुत आन्दोलनका कार्यक्रमहरुमा ३१ गतेको थरुहट आमहडताल बाहेकका सबै आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । आमहडतालको तयारी नपुग्ने भन्दै ३१ गतेको थरुहट बन्द तत्कालको लागि स्थगित गरेको समितिले जनाएको छ । संघर्ष समितिकी सदस्य तथा सांसद रुक्मिणी थारुले...

प्रचण्डले दशवर्षे युद्ध गर्न सक्छन्, म किन सक्दैनः अध्यक्ष थारु

प्रचण्डले दशवर्षे युद्ध गर्न सक्छन्, म किन सक्दैनः अध्यक्ष थारु
लक्की चौधरी काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष धनीराम थारुले थारु समुदायको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभएको छ । हमार पहुरा डटकमसँग कुरागर्दै अध्यक्ष थारुले थरुहट भूमिमै रहेर आन्दोलन सफल पार्ने दावी गर्नुभयो । आफ्नो नेतृत्वको विषयमा विभिन्न टिकाटिप्पणी र आरोप...

भोटनीदेवी खवास थारुको नेतृत्वमा खवास महिला समाज गठन

भोटनीदेवी खवास थारुको नेतृत्वमा खवास महिला समाज गठन
मोरङ, जेठ १० गते । थारु खवास महिलाको सङ्गठन खवास महिला समाजको प्रथम केन्द्रीय महाधिवेशनले सांसद भोटनीदेवी खवासको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । मोरङको बैजनाथपुरमा भएको महाधिवेशनले खवासको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । सोमबार मोरङको वैजनाथपुरमा पत्रकार सम्मेलनगरी खवास महिला समाजले केन्द्रीय कार्यसमितिको...

मुद्दा मिल्नेसँग एकिकरण गर्न नागरिक समाजवादी पार्टीको आव्हान

मुद्दा मिल्नेसँग एकिकरण गर्न नागरिक समाजवादी पार्टीको आव्हान
काठमाडौं, जेठ १० गते । नागरिक समाजवादी पार्टीले माग मुद्दा र उद्देश्य मिल्ने पार्टीहरुलाई एकीकरणको आव्हान गरेको छ । पार्टीका संयोजक राजकुमार लेखीले अलग अलग भएर आन्दोलनमा दवाव नपुग्ने भन्दै माग मुद्दा मिल्ने साना पार्टीलाई पार्टी एकीकरणका लागि आव्हान गरिएको बताउनुभयो । नेतृत्वको विषयमा आफ्नो पार्टी लचिलो रहेको बताउँदै संयोजक लेखीले...