नीति तथा कार्यक्रम २०७३ संसदमा प्रस्तुत, के के छ व्यवस्था ?
काठमाडौं, वैशाख २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम २०७३ प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा १४ वर्षपछि आगामी मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने भनिएको छ ।
त्यस्तै, आगामी तीन वर्षभित्र काठमाडौंको धरहारा निर्माण गरिसक्ने, दुई वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, आगामी पाँचवर्ष...














