मिडियाको सहयोग विना नेपालको विकास असम्भवः विज्ञ
भक्तपुर, चैत ३ गते । विकासका लागि मिडियाको महत्वपूर्ण योगदान हुने भन्दै सरोकारवाला पक्षहरुले सही विकासका लागि पत्रकारको गुणस्तरीयता र जिम्मेवारीपनको आवश्यकता औल्याउनुभएको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समिति, संसदीय पत्रकार मामिला समाज, विकास पत्रकारिता मञ्चको संयुक्त आयोजनामा बुधबारदेखि नगरकोटमा शुरुभएको दुई दिने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो बताउनुभयो । मिडियालाई...













