एमालेको संसदीयदलको विधान पारित, सांसदलाई ह्वीप लाग्ने

एमालेको संसदीयदलको विधान पारित, सांसदलाई ह्वीप लाग्ने
काठमाडौं, फागुन ६ गते । नेकपा (एमाले) ले संसदीय दलको विधान २०७२ लाई संशोधनसहित पारित गरेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकमा सो विधान सर्वसम्मतिले पारित गरेको हो । विधानले ह्वीप लगाउने व्यवस्था गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्को अध्यक्षतामा बसेको...

व्यवस्थापिका संसदको पहिलो अधिवेशन बुधबारबाट अन्त्य

व्यवस्थापिका संसदको पहिलो अधिवेशन बुधबारबाट अन्त्य
काठमाडौं, फागुन ५ गते । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संसदको करिब पाँच महिने लामो पहिलो अधिवेशनमा आफूले धेरै विषयको अनुभव लिएको बताउनुभएको छ । पहिलो पटक सभामुखको जिम्मेवारीमा आउँदा थुप्रै चुनौतिका बीच अधिवेशन सफल बनाएको उहाँले तर्क गर्नुभयो । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकपछि संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरुसँग...

फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित चालिसले पार्टी त्यागे

फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित चालिसले पार्टी त्यागे
काठमाडौ, फागुन ५ गते । संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ४० जनाहरुले पार्टी परित्यागको घोषणा गरेका  छन । पत्रकार सम्मेलन गरेर बुधबार ती नेताहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्यागको घोषणा गर्नेहरुमा हालका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, बीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव...

मातृभाषा महोत्सवको राष्ट्रपति भण्डारीले उदघाटन गर्नुहुने

मातृभाषा महोत्सवको राष्ट्रपति भण्डारीले उदघाटन गर्नुहुने
गीता चौधरी काठमाडौं, फागुन ५ गते । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले यही फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवका लागि ५४ भाषाका कविताहरुको छनौट भएको मातृभाषा विभागका कवितातर्फका संयोजक श्रबण मुकारुङ्ले बताउनुभयो । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजकले बताएको छ ।...

भारतसँगको सम्बन्ध उचाईमा पु¥याउँछुः प्रधानमन्त्री ओली

भारतसँगको सम्बन्ध उचाईमा पु¥याउँछुः प्रधानमन्त्री ओली
काठमाडौं, फागुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ देखि १२ गतेसम्म हुने आफ्नो आसन्न भारत भ्रमणको विषयमा व्यवस्थापिका संसदलाई जानकारी गराउनुभएको छ । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा आफू भारतको राजकीय भ्रमणमा जानलागेको उहाँले बताउनुभयो । व्यवस्थापिका संसदको मंगलबार दिउँसो बसेको बैठकमा सो जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले...

आफ्नै पत्निसँग यौन सम्पर्क गर्दा पनि अब सम्बन्धविच्छेद !

आफ्नै पत्निसँग यौन सम्पर्क गर्दा पनि अब सम्बन्धविच्छेद !
लक्की चौधरी काठमाडौं, फागुन ४ गते । “महिलाले अन्य पुरुषसँग र पुरुषले अन्य स्त्रीसँग यौन सम्बन्ध राख्दा पनि श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद हुन्छ ?” भन्ने जिज्ञासा तपाईलाई लाग्न सक्छ । तर ख्याल गर्नुस्, प्रस्तावित देवानी कानूनकोको सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थामा त्यस्तो कानूनी व्यवस्था गर्न लागिएको छ । अचम्म त के भने, पतीले आफ्नै...

पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित

पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित
काठमाडौं, फागुन ४ गते । व्यवस्थापिका संसदको बैठकले पूर्व सांसद सोहनप्रसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको संसद बैठकमा पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८ र २०५६ सालको प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बटा निर्वाचित नेकपा एमालेका तर्फबाट निर्वााचित चौधरीको ६९...

प्रधानमन्त्रीको भारत भ्रमणले चिसिएको सम्बन्ध सुध्रिन्छ त?

प्रधानमन्त्रीको भारत भ्रमणले चिसिएको सम्बन्ध सुध्रिन्छ त?
काठमाडौं, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको यही फागुन ७ गतेबाट हुने आसन्न भारत भ्रमणमा भारतसँग चिसिएको सम्बन्धलाई सुधार गर्नु नै पहिलो एजेण्डा बन्नुपर्ने पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रविदहरुको सुझाव रहेको छ । “आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धभन्दा पनि राजनीतिकतवरले भारतसँग सम्बन्ध सुधार गरिनुपर्ने र नयाँ सहमति सम्झौता गर्नुभन्दा यसअघि भएका...

युवाहरुलाई ज्येष्ठनागरिक स्याहार गर्नेबारे दशदिने तालिम

युवाहरुलाई ज्येष्ठनागरिक स्याहार गर्नेबारे दशदिने तालिम
फाइल तस्विर गीता चौधरी काठमाडौं, फागुन ३ गते । ज्येष्ठ नागरिक स्याहारका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्नेगरी सोमबारबाट यहाँ १० दिने ज्येष्ठनागरिक स्यहार तालिम शुरुभएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, एजिङ् नेपाल तथा होप हर्मिटेजको संयुक्त आयोजनामा शुरुभएको तालिम फागुन १४ गतेसम्म चल्ने एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले...

राउटेहरुलाई प्रधानमन्त्री ओलीको तीनलाख रुपियाँ सहयोग

राउटेहरुलाई प्रधानमन्त्री ओलीको तीनलाख रुपियाँ सहयोग
काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियाहरुलाई तीनलाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । प्रधानमन्त्री ओलीकोतर्फबाट उहाँका स्वकीय सचिव रमेश भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उहाँहरुलाई सो आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न राउटेहरुको एक प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । आर्थिक सहयोग सँगै...