प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने निर्देशिकाप्रति महासंघको आपत्ति
काठमाडौं, असार ६ गते । नेपाल पत्रकार महासंघले सरकारले हालै अनलाइनलाई व्यवस्थित गर्न जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ मा भएको केही प्रावधानको विरोध गरेको छ ।
निर्देशिकामा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यता विपरित प्रावधानहरु समेटिएको आरोप महासंघको छ । नयाँ सञ्चारमाध्यमकोरुपमा द्रुतगतिमा विकास...













